प्रदेश साँसद यादवद्धारा पक्की समुदायिक भवन शिलान्यास
आउँदो असार मसान्तभित्रै भवन निर्माण कार्य सम्पन्न हुने उनले दाबी समेत गरे ।

२०७५ फागुन ३० बिहीबार, दिउँसो २:५७ बजे१ मिनेट पढाइ
आउँदो असार मसान्तभित्रै भवन निर्माण कार्य सम्पन्न हुने उनले दाबी समेत गरे ।

२०७५ फागुन ३० बिहीबार, दिउँसो २:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश साँसद एवम् समाजसेवी राम अशिष यादवले एक पक्की समुदायिक भवन केन्द्रको शिलान्यास गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ तेतरिया टोलमा साँसद यादवले एक कार्यक्रमबीच पक्की समुदायिक भवनको शिलान्यास गरेका हुन् । १० लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त समुदायिक भवन निर्माणपछि स्थानीय सर्वसाधारणलाई प्रत्यक्ष फाईदा पुग्ने छ भने स्थानीय विद्यालयले खेप्दै आएको असहजता समेत निराकरण हुने विश्वास व्यक्त गरिएको छ ।
समाजसेवी श्रीफल यादवको अध्यक्षता तथा प्रदेश साँसद एवम् समाजसेवी यादवकै प्रमुख आतिथ्यमा सम्पन्न शिलान्यास कार्यक्रममा बोल्दै उनले भने, - "यो पक्की भवन निर्माण गर्न लागेका छौँ । मेरो सँसदीय बजेटबाट १० लाखको लागतमा पक्की समुदायिक भवन निर्माण गर्न लागेका छौँ । यसअघि तथा वर्तमानमा समेत स्थानीय विद्यालयमा बाहिरबाट बिहेमा आउने गरेका जन्ती (बाराती) व्यवस्थापनको लागि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था सृजना हँुदै आएको थियो । यसैलाई मध्यनजर गर्दै मैले त्यही समुदायिक भवनको खाँचो महसुस गर्दै निर्माण गर्न लागेका छौँ ।"
विद्यायक यादवले आफनो संसदीय कोषबाट उक्त पक्की समुदायिक भवन केन्द्र निर्माण गर्न लागेको भन्दै यसबाट स्थानीय सर्वसाधाण लाभान्वित हुने दाबी गरे । त्यहाँ स्थित सार्वजनिक जग्गामै उक्त भवन निर्माण गर्न लागिएको जनाउँदै आउँदो असार मसान्तभित्रै भवन निर्माण कार्य सम्पन्न हुने उनले दाबी समेत गरे ।
सो शिलान्यास कार्यक्रममा समाजसेवी जीवछ गुरमैता, फोरमको युवा नेता सँजय यादव, श्रीकिशोर यादव, राम नारायण कापर, समाजिक अभियन्ता अमित झा, संघीय विद्यार्थी फोरमका प्रदेश सचिव विकास यादव, युवा फोरमका जिल्ला अध्यक्ष दिपु कापर लगायको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


गाउँ / समाज

गाउँ / समाज

गाउँ / समाज

गाउँ / समाज
५ घण्टा अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा६ घण्टा अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने७ घण्टा अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामद७ घण्टा अगाडि
दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक८ घण्टा अगाडि
जनकपुरमा हत्या आरोपी गुण्डासँग टिकटक बनाएका सशस्त्रका जवान मण्डल पनि तानिए१८ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमामव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २५ आइतबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
याँ कामको योजना बनाउन अनुकूल समय छ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। आर्थिक कारोबार गर्दा हतार नगर्नुहोस्। परिवारको साथले आत्मविश्वास बढ्नेछ। कुराकानीमा संयम राख्नुहोला।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…