नारी दिवसको अवसरमा धनुषामा ३३ महिलालाई सम्मान
सो कार्यक्रममा मैथली समुदायमा भएका नारी हिंसा, दुख पीडा, बालबिबाह प्रति सडक नाटक समेत प्रस्तुत गरिएको थियो ।

२०७५ फागुन २५ शनिबार, बिहान १०:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर धनुषामा ३३ महिला अगुवालाई सम्मान गरिएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाले १०९ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ३३ अगुवा महिला लाई सम्मान गरेको हो ।कार्यक्रममा सामजमा विभिन्न समयमा अगुवाई गरि महिला हरु लाई सहयोग पुर्याउदै आएका अगुवा महिला सम्मान गरिएको छ ।
गाउँ टोलमा योगदान पुरयाउने सशक्त नारीलाई सम्मान गरिएको नगरकी उपमेयर मिना यादवले जानकारी दिइन । सो कार्यक्रमको दौरान अगुवा ३३ जना महिलालाई सम्मान गरिएको थियो ।
नगरकी जेष्ठ नागरिक कुन्ती मल्लको अध्यक्षता एवम् प्रतिनीधि सभा सदस्य बोधमाया यादवको प्रमुख आतिथ्यमा भएको उक्त सम्मान कार्यक्रममा महिलाको हकहितका विभिन्न तवरले सहयोग पुरयाएकी अगुवा महिलाहरुलाई आगामी दिनमा आत्मबल बढाउनको निम्ती सम्मान गरिएको जनाइएको छ ।
सो कार्यक्रममा नगरकी उपमेयर यादव विशिष्ट अतिथिको रुपमा सहभागी भएकी थिइन भने प्रमुख प्राशकिय अधिकृत लाखन देब यादव , लेखा अधिकृत शिव नारायन साह विभिन्न वडा अध्यक्ष लागयत अतिथी हरुको उपस्थिति रहेको थियो । कोणसभामा समाजमा महिलामाथी भइरहेको हिंसाप्रति प्रतिनीधि सभा सदस्य यादवले आफ्नो मनतव्य राखेकी थिइन् ।
सो कार्यक्रममा मैथली समुदायमा भएका नारी हिंसा, दुख पीडा, बालबिबाह प्रति सडक नाटक समेत प्रस्तुत गरिएको थियो । यसका साथै १०९ औं अन्तराष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी चारनाथ नगरपालिका द्धारा मनाइएको छ ।
धनुषा जिल्लाको चारनाथ नगरपालिका विरेन्द्रबजार कविर कुटीबाट बेटी पढाउ बेटी बचाउ, घरेलु श्रमीकलाई सम्मान गरौं, श्रम समृद्धि समानता, दहेज हैन शिक्षा देउ लगायत लेखिएको प्लेय कार्ड सहित निकालिएको रयाली विरेन्द्रबजारको विभिन्न भागको परिक्रमा गरी पुन्ह कविर कुटीमा कोणसभामा परिणत भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…