महोत्तरीमा करेन्ट लागेर २ को ज्यान गयो !
ज्यान गुमाएका दुबैजनाको घरको आर्थिक अवस्था नाजुक छ ।

२०७५ फागुन ११ शनिबार, दिउँसो २:१९ बजे१ मिनेट पढाइ

महोत्तरी, ११ फागुन । महोत्तरीमा करेन्ट लागेर २ जनाको ज्यान गएको छ । महात्तरीको लोहारपट्टी नगरपालिका ३ बस्ने ३० वर्षीय भरत यादव र २५ वर्षीय रामईश्वर यादवको करेन्ट लागेर ज्यान गएको हो ।
लोहारपट्टी नगरपालिका २ सुखैनिया बस्ने सकल मुखियाको घरमा शुक्रबार राति बच्चा जन्मेको खुशीमा भोज आयोजना गरिएको थियो ।
भोजमा क्यासेट बजाउन बिजुलीको पोलमा तार जोड्ने क्रममा ११ हजार भोल्टको तारमा छोएपछि करेन्ट लागेर सिकिस्त भएका दुवैजनाको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी महोत्तरीले जनाएको छ ।
करेन्ट लागेर ज्यान गुमाएका २ जना मध्ये रामईश्वर एक साताअघि मात्र वैदेशिक रोजगारबाट घर फर्केका थिए । एकवर्ष नबित्दै कम्पनी टुटेपछि उनी घर फर्कनु परेको थियो । उनको एउटा सन्तान छ ।
ज्यान गुमाएका दुबैजनाको घरको आर्थिक अवस्था नाजुक छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…