सबैलाको ठिल्लामा महिला उद्यमशिलता तालिम शुरु
न्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिका ८ ठिल्लामा नगर स्तरीय ३ दिने महिला उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम सुरु भएको छ । धनुषाको सबैला नगरपालिकाको सहयोग तथा गैर सरकारी सँस्था दलित युबा संजालको सहकार्यमा कार्यक्रम सुरु गरिएको हो । दलित युबा संजाल केन्द्रका अध्यक्ष बिशेशवर मण्डलको अध्यक्षत

२०७५ फागुन ७ मंगलबार, राति ८:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिका ८ ठिल्लामा नगर स्तरीय ३ दिने महिला उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम सुरु भएको छ ।
धनुषाको सबैला नगरपालिकाको सहयोग तथा गैर सरकारी सँस्था दलित युबा संजालको सहकार्यमा कार्यक्रम सुरु गरिएको हो । दलित युबा संजाल केन्द्रका अध्यक्ष बिशेशवर मण्डलको अध्यक्षता तथा सबैला नगरपालिकाका मेयर बिजय शंकर प्रसाद साहको प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन गरिएको हो ।
सो कार्यक्रममा बोल्दै नगरका मेयर साह भने, हामी नगरपालिका बाट उध्ममा अगाडी बदोस भन्ने अपेक्षा राखी यस्तो कार्यक्रम हामी छ्नौट गरेको छौ । यो कार्यक्रमबाट सहभागी महिला हरु उध्मशिलता तालिम पश्चात् बुद्धि हुने बताए । कार्यक्रममा सँजालका अध्यक्ष मण्डलले कार्यक्रममा सहभागी महिलाहरुलाई उधमशिलता तालिम लिएपछि भोलीको दिनमा हौसला र कार्य गर्ने शैली सिक्न पाउने बताए ।
कार्यक्रममा बिशिस्ट अतिथि उप मेयर निलु देबि कापर, वडा नं. १० का वडा अध्यक्ष प्रमेश्वर साह, सपोर्ट नेपाल धनुषा जिल्ला संयोजक प्रकाश ठाकुर , उज्यालो नेपाल धनुषाका अध्यक्ष सत्रुधन महतो लगायत सहभागी महिलाहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…