अब लोकसेवाको तयारी बिल्कुल फ्रि , यस्तो छ मौका !
जनकपुरधाम, १ फागुन । सरकारी जागिरमा सहज पहुँचका लागि जनयुद्ध दिवसको अवसरमा धनुषाको विदेह नगरपालिकाले आज निःशुल्क लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गरेको छ । कक्षा उद्घाटन गर्दै नगर प्रमुख बेचन दासले सरकारी सेवामा गरिब, दलित र अवसरबाट बञ्चित बिद्यार्थीलाई निकै उपयोगि हुने बताए । सरकारी जागिर गर्न आम

२०७५ फागुन १ बुधबार, बेलुकी ६:२१ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १ फागुन । सरकारी जागिरमा सहज पहुँचका लागि जनयुद्ध दिवसको अवसरमा धनुषाको विदेह नगरपालिकाले आज निःशुल्क लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गरेको छ ।
कक्षा उद्घाटन गर्दै नगर प्रमुख बेचन दासले सरकारी सेवामा गरिब, दलित र अवसरबाट बञ्चित बिद्यार्थीलाई निकै उपयोगि हुने बताए । सरकारी जागिर गर्न आम नेपालीको इच्छा र चाहना भए पनि लोक सेवा आयोगको परिक्षामा सजिलै पास हुन अप्ठ्यारो भएकाले बिद्यार्थीहरुको माग र चाहनालाई मध्य नजर गर्दै कक्षा सञ्चान गरेको उल्लेख गरे ।
कक्षामा सहभागि बिद्यार्थीहरु मध्येबाट लोक सेवा आयोगको परिक्षा पास हुनेलाई नगरपालिकाका तर्फबाट थप पच्चिस हजार रुपैयाँ नगद र दोसल्ला ओढाएर सम्मान गरिने बताए ।
डेढ महिना सम्म कक्षा चल्ने र त्यसकालागि काठमाडौं बिभिन्न इन्टिस्च्यूटमा अध्यापन गराउने ख्याति कमाएका लखन दास, केवल कुमार दास, देव शरण महरा लगायतका आधा दर्जन प्रशिक्षक रहने नगरपालिकाका योजना अधिकृत बसन्त मण्डल ले जानकारी गराए । कक्षाको उद्घाटन विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले दिप प्रज्वलन गरी गरेका छन् ।
यसका साथै, विदेह नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय नगर प्रमुख दासले रिवन काटेर उद्घाटन समेत गरेका छन् । वडा अध्यक्ष जय राम मण्डलको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नगर उप प्रमुख निलम देबी मण्डल, वडा अध्यक्ष राज किशोर मण्डल, बिनोद गोहितमान लगायत नगर कार्यपलिका सदस्यहरुको उपस्थिती रहेको थियो
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…