'कमला बचाउ' को लागि भारतल सहयोग गर्ने , अभियानी यादवलाई १०८ नदिको जलले सम्मान
सिन्धुलीबाट मुहान रहेको कमला नदी हिन्दु धर्मशास्त्र अनुसार पवित्र नदिको रुपमा मान्यता पाएको हो ।

२०७५ फागुन १ बुधबार, बिहान १०:११ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १ फागुन । "कमला बचाउ अभियान" का युवा अभियानी तथा अगुवा विक्रम यादवलाई भारतमा सम्मान गरिएको छ ।
धनुषा जिल्ला र सिरहा जिल्लाको सीमामा रहेको कमला नदी बचाउको लागि कल्पणा गरेका युवा अभियानी यादवले कमला बचाउकै शिलशिलामा हुन सक्ने सहयोगको अपेक्षा सहित भारत विहारको पटना पुगेका थिए । कमला नदी बचाउको लागि भारतमा सक्रिय नदी बचाउ अभियानका अभियन्ताहरुसँग भेटघाट गर्दै कमला नदी नेपालमा मात्र नभई भारतमा समेत प्रभाहित भएको जानकारी गराएपछि अभियन्ताहरुले चासो लिएका छन् ।
अभियानीहरुले नेपालको कमला नदी भारतमा प्रवाहित भएको जानकारी हुँदाहुँदै पनि त्यसको संरक्षणको लागि त्यतिको चासो भने लिएका थिएनन् । भारतका नदी बचाउ अभियानका अभियन्ताहरुले कमला बचाउ अभियानका अगुवा विक्रम यादवलाई भारतको १०८ नदीको जल माटोको कलशामा प्रदान गर्दै सम्मान गरेका हुन् । नदी बचाउको लागि भारतसम्म आएको भन्दै उनको जजवा र जुनुनको कदर गर्दैै उनलाई १०८ नदीको जलले विदाई गरेका हुन् ।
भारतका अभियानीहरुको सूचि तथा नारामा १०८ नदीको जल भएपनि कमला बचाउ अभियानका अभियन्ता यादवले त्यस आँकडालाई हटाउँदै आजदेखि १०९ नदीको पानी बनाउन आग्रह गरे । भारत विहार सरकारसँग समन्वय गरी जहाँसम्म कमला नदी प्रवाहित भएको छ त्यसको संरक्षणको लागि विहार सरकारलाई समेत ध्यानाकर्षण गराउने आश्वासन पाएको अभियन्ता यादवले जनाए ।

त्यसैक्रममा भारतको प्रज्ञा ट्रस्ट बराणसी उत्तर प्रदेश राज्यका आदित्य आनन्द गूरुले समेत कमला नदी बचाउको लागि विहार सरकारसँग आग्रह गर्ने प्रतिवद्धता जाहेर गरेको बताए । सिन्धुलीबाट मुहान रहेको कमला नदी हिन्दु धर्मशास्त्र अनुसार पवित्र नदिको रुपमा मान्यता पाएको हो ।
दिनप्रतिदिन कमला नदीको छेउमा बढदै गएको बालुवाको मोटोपनिप्रति गम्भिर चासो लिंदै अभियन्ता यादवले कमला नदिको किनारमा वृक्षारोपण सहित बालुवामा खेती नगरे कमला किनारका गाउँवस्ती सबै मरुभूमि हुने भन्दै यसको बचाउको लागि अभियान कल्पना गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…