बिमला नदीको निर्माणधिन पूलमा अरगरियाको अनुगमन
जनकपुरधाम, २२ माघ । धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्य उमा शंकर अरगरियाले निर्माणधिन पूलको अनुमगन गरेका छन् । मँगलबार नेता अरगरियाले धनुषा निर्वाचन क्षेत्र नं. २ को औरहीदेखि गोबराही जाने बाटोमा बिमला नदीमा निर्माणधिन रहेको पूललाई अनुगमन निरिक्षण गरेका छन् । संघीय समाजवादी फोरम नेपालक

२०७५ माघ २२ मंगलबार, बेलुकी ७:५७ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २२ माघ । धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्य उमा शंकर अरगरियाले निर्माणधिन पूलको अनुमगन गरेका छन् ।
मँगलबार नेता अरगरियाले धनुषा निर्वाचन क्षेत्र नं. २ को औरहीदेखि गोबराही जाने बाटोमा बिमला नदीमा निर्माणधिन रहेको पूललाई अनुगमन निरिक्षण गरेका छन् । संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक समेत रहेका अरगरियाले उक्त पूल निर्माण कार्यलाई नीरिक्षण गर्दै गुणस्तरीय कार्य गर्न निर्देशन समेत दिएका हुन् ।
बिमलानदिको डुमरिया घाटमा पुल बनिरहेको ठाउँमा पुगेर अनुगमनको क्रममा गुणस्तरीय काम गर्न सरोकारवाला हरुलाई निर्देशन दिदै अरगरियाले स्थानय जनतासँग समेत भेटघाट गरेका छन् । जनताहरुसंगको भेटघाटमा प्रत्यक्ष सरोकार राख्ने व्यक्तित्वहरुसंग समेत पूल निर्माण कार्यलाई अनुगन गरी कुनै विध्न बाधा वा गुणस्तरीयहिन काम भएको बेला जानकारी गराउन आग्रह समेत गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…