धनुषामा वन सुँगुरले आक्रमण गर्दा ५ जना घाईते, एक गम्भिर !
देलको लामो लामो नँग र दाँतले उनीहरु उपर आक्रमण गरेपछि उनीहरुको अवस्था यस्तो हुन पुगेको जनाइएको छ ।

२०७५ माघ १९ शनिबार, बेलुकी ७:४७ बजे२ मिनेट पढाइ

जनकपुरधाम, १९ माघ । शनिबार साँझ वन सुँगुर (बंदेल) को आक्रमणमा परी धनुषामा ५ जना घाईते भएका छन् ।
धनुषाको कमला नगरपालिका वडा नं. ३ लगमामा बजार गएका स्थानीयहरुलाई वनबाट आएका वन सुँगुरहरुले उनीहरुमाथि आक्रमण गरिएको बताइएको छ । शनिबार लाग्ने लगमा बजारमै पसेर वनसुँगुरले तहल्का मच्चाएको स्थानीय लालबाबू मण्डलले बताए ।
वडा नं. ३ लगमा बजार स्थित रहेको पोखरीको पूर्वी डीलमा एउटै वन सुँगुरले ५ जनालाई घाईते बनाएको हो । घाईते हुनेहरुमा धनुषाको कमला नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी वर्ष ५५ का सोगारथ मलिक, अन्दाजी वर्ष २२ का श्रवण मण्डल, स्थानीय अन्दाजी वर्ष १५ का गोपभल मण्डल सहितका रहेका छन् । अन्य नाम नखुलेका २ जना भने कमला नगरपालिकाकै वडा नंं ५ लक्कडको रहेको बताइएको छ ।
शनिबार साँझ बजारको समयमा बंदेलले अचानक बजारमा पसेर स्थानीयहरु उपर आक्रमण गरेर भागेको स्थानीय दिपन यादवले जनाए । यादवका अनुसार, बजारमै पसल थापेर बसेका स्थानीय दिलीप साहको पसलको मेसिनहरु समेत तोडफोड गरेर उनीहरुमाथि आक्रमण गरेका थिए ।
जानकारी अनुसार घाईतेमध्ये श्रवण मण्डलको अवस्था गम्भिर रहेको बताईको छ । उनलाई जाँघ, छाती र खुट्टामा साँंघातिक आक्रमण गरिएको छ । उनीहरुलाई स्थानीय क्लीनिकमा प्राथमिक उपचारपछि घर फर्काइएको छ भने गहिरो चोट लागेका श्रवणलाई जनकपुर ल्याउने तयारी भईरहेको बताईएको छ ।
बंदेलको लामो लामो नँग र दाँतले उनीहरु उपर आक्रमण गरेपछि उनीहरुको अवस्था यस्तो हुन पुगेको जनाइएको छ । यसबारे ईलाका प्रहरी कार्यालय खजुरीले अनभिज्ञता जनाए ।
धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य उमा शंकर अरगरियाले निरन्तर संघीय संसदमा बंदेल, निल गाईको चर्चा गरेपछि संघीय सरकारले भने रतिभर पनि सुनेको छैनन् । कमला नदि किनारका किसानहरुलाई नील गाई र बंदेलले कृषि बालीनालीमा निरन्तर नोक्सान पुरयाउँदै आएको छ ।
आक्रमण गरिएको स्थान लगमा कमला देखि करिब ३ किलोमिटरको दुरीमा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…