मह उत्पादनमा वृद्धि
दाङ, ४ पुस : जिल्लामा गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भएको छ । नेपाल माहुरी पालन महासंघ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस वर्ष एकसय टन बढी मह उत्पादन भएको छ । चरन व्यवस्थित गरेका कारण मह उत्पादनमा वृद्धि भएको हो । महासंघका अध्यक्ष श्रेष्ठ यस वर्ष कृषकले दुई

२०७४ पुस ४ मंगलबार, दिउँसो १२:५१ बजे१ मिनेट पढाइ

दाङ, ४ पुस : जिल्लामा गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भएको छ ।
नेपाल माहुरी पालन महासंघ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस वर्ष एकसय टन बढी मह उत्पादन भएको छ । चरन व्यवस्थित गरेका कारण मह उत्पादनमा वृद्धि भएको हो ।
महासंघका अध्यक्ष श्रेष्ठ यस वर्ष कृषकले दुई तीनपटकसम्म मह काढेको बताउनुहुन्छ । गत वर्ष अधिकांश कृषकले एकपटक मात्र मह निकालेका थिए । जिल्लामा यस वर्ष करिब ३२० टन मह उत्पादन भएको श्रेष्ठले बताउनुभयो । गत वर्ष २२० टन मह उत्पादन भएको थियो ।
जिल्लामा १५ हजार माहुरीको घार रहेको नेपाल माहुरी पालन महासंघ दाङले जनाएको छ भने ६५० माहुरी पालक किसान रहेका छन् । जिल्लामा उत्पादनको करिब २० प्रतिशत मात्र खपत हुन्छ । जिल्लाबाट मह काठमाडौँ, पोखरा, इटहरी, बुटवल, स्याङ्जा, पाल्पा, नेपालगञ्जलगायत शहरमा बिक्री गरिँदै आएको श्रेष्ठ बताउनुहुन्छ ।
अहिले जिल्लामा प्रशोधित मह प्रतिकिलो रु ४०० र प्रशोधन नगरिएको मह रु ३०० देखि रु ३५० सम्ममा बिक्री भइरहेको महासंघले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…