जनकपुरको चिल्ड्रेन पार्कलाई स्मार्ट पार्क बनाइदै
जनकपुरधाम, १२ माघ । जनकपुरको भैरवचौक स्थित रहेको चिल्ड्रेन पार्कलाई स्थानीय युवाहरुले स्मार्टपार्क बनाउने भएको छ । विगत १० औं सातादेखि उक्त पार्कको सफाईमा जुटेका जनकपुरका युवाहरुले पार्कलाई व्यवस्थित गर्दै जनकपुरमै स्मार्ट पार्कको स्वरुप दिने जनाइएको छ । एलायन्स युथ क्लब जनकपुरका अध्यक्ष ईजाज अन्सार

२०७५ माघ १२ शनिबार, बिहान ११:०४ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १२ माघ । जनकपुरको भैरवचौक स्थित रहेको चिल्ड्रेन पार्कलाई स्थानीय युवाहरुले स्मार्टपार्क बनाउने भएको छ ।
विगत १० औं सातादेखि उक्त पार्कको सफाईमा जुटेका जनकपुरका युवाहरुले पार्कलाई व्यवस्थित गर्दै जनकपुरमै स्मार्ट पार्कको स्वरुप दिने जनाइएको छ । एलायन्स युथ क्लब जनकपुरका अध्यक्ष ईजाज अन्सारीको अगुवाईमा शनिबार (आज) १० औँ सप्ताह सरसफाई गरिएको हो ।
उक्त पार्कलाई व्यवस्थित तुल्याउनको लागि यहाँका केही युवाहरुले सहयोग गरेपनि सरोकारबाला पक्षबाट हुनुपर्ने सहयोग नभएको भन्दै आपत्ति जनाए । जनकपुर क्लीन एण्ड ग्रीन तर्फ अग्रसर भएको बेलामा यहाँका मुखौटाहरुले फोटो र सेल्फी तान्न मात्र कहिलेकाही आउने गरेको आरोप लगाए ।
पार्कलाई स्मार्ट पार्क बनाउको लागि राजपाका विद्यार्थी नेता रोशन झा, अभियन्ता किशन साह, फैजल राईन, आदित्य यादव, कैयूम राईन लगायतका युवाहरुको वृहत सहयोग र हातोमालोका कारण उक्त पार्कलाई व्यवस्थित बनाउन सकिने आसा जागेर आएको बताए ।
पार्कको लागि चाहिएको मुख्य ढोका निर्माण गरिसकेको भएपनि स्थानीय केही होटल तथा ठेला व्यापारीहरुले पार्कभित्र रक्सीको बोत्तल, पानीको बोत्तल लगायतका प्लास्टिकका बोतलहरु फाल्ने गरेको देखिएको छ । उनीहरुलाई समेत पार्क भित्र कुनै प्रकारको फोहोर मैला नफाल्न आग्रह गरिएको बताउँदै नगरपालिकाकाले फोहोरको लागि चारैतर्फ डस्टबिनको व्यवस्था गरिदिए उत्तम हुने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…