छोरीको जन्मदिवसमा पत्रकार यादवले बाँडे शैक्षिक समाग्री
महोत्तरी, १२ माघ । छोरीको जन्मदिवसको अवसर भएको भन्दै महोत्तरीका एक सँचारकर्मीले समुदायिक विद्यालयका बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरेका छन् । महोत्तरीको जिल्लाको औरही नगरपालीका वडा नं. २ स्थित रहेको श्री प्रसाद सिंह बिधालयमा शुक्रबार बालविकासका बालबालिकाहरुलाई बैग, कटर र पेन्सिल वितरण गरेका

२०७५ माघ १२ शनिबार, बिहान ९:०० बजे१ मिनेट पढाइ

महोत्तरी, १२ माघ । छोरीको जन्मदिवसको अवसर भएको भन्दै महोत्तरीका एक सँचारकर्मीले समुदायिक विद्यालयका बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरेका छन् ।
महोत्तरीको जिल्लाको औरही नगरपालीका वडा नं. २ स्थित रहेको श्री प्रसाद सिंह बिधालयमा शुक्रबार बालविकासका बालबालिकाहरुलाई बैग, कटर र पेन्सिल वितरण गरेका छन। न्यूज ब्यूरोका महोत्तरी संवाददाता समेत रहेका महोत्तरीका सँचारकर्मी धर्वेन्द्र कुमार यादवले आफ्नी छोरी सुप्रिया यादवको चौथौँ जन्मदिनको अवसरमा उक्त विद्यालयमा अध्ययनरत जनही २५ वटा छात्र र छात्रालाइ बैग, कटर र पैन्सिल वितरण गरेका हुन् ।
छोरी सुप्रिया अधिकारी तेस्रो बसन्त पार गरी चौथो वर्षमा प्रवेश गरेकी हुनाले सुप्रियाकै हाथबाट श्री प्रसाद सिंह उच्च माध्यमिक बिधालयमा अध्यनरत २५ जना विद्यार्थीहरुलाइ उक्त शैक्षिक समाग्री वितरण गरिएको हो । सुप्रियाको जन्म दिन शनिबार (आज) परेका हुनाले शनिवार स्कुल बन्द रहेको हुनाले एकदिन पहिला नै आफनै नगरपालिकामा रहेको बिधालयका विद्यार्थीसंग जन्मदिन मनाएकी हुन ।
सुप्रिया उमेरको हिसाबले ४ वर्षको भएतापनी उनले आफनो जन्मदिन स्कुलमा बैग,कटर र पेन्सिल बाटेर मनाउदा खुशीलागेको र अगामी दिनमा यससी नै मनाउने बताएका छन् । आफ्नो छोरीको जन्मदिन मनाउदा पत्रकार यादवले गरीब र जेहेन्दार जसले प्राय बैग किन्नपनि समस्या परिरहेको छ त्यस्ता विद्यार्थीहरु लाई बैग, कटर र पेन्सिल वितरण गरेका छ्न।
सयौको संखयामा समेत रहेको स्थानियहरु छोरी सुप्रिया अधिकारीलाइ जन्मदिनको शुभकामना दिदै गरिब बिद्यार्थीहरु लाई यसरी सहयोग गरेकोले कृतज्ञता जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…