जनकपुरमा गृहमन्त्री बादलको पुतला दहन !
धनुषाको विभिन्न ठाउँमा युवाहरुले गृहमन्त्री बादलको पूतला दहन गर्दै दिपेन्द्र चौधरीसँग न्याय हुनुपर्ने माग गरेका छन् ।

२०७५ माघ ११ शुक्रबार, राति ८:०२ बजे१ मिनेट पढाइ

जनकपुरधाम, ११ माघ । जनकपुरमा शुक्रबार साँझ संघीय सरकारका गृहमन्त्री राम बहादुर थापा बादलको पुतला दहन गरिएको छ ।
धनुषाको शहिदनगर नगरपालिका, कमला नगरपालिका र हँसपुर नगरपालिकामा युवाहरुले सप्तरीका दीपेन्द चौधरीको ईन्काउन्टर विरोधमा गृहमन्त्री बादलको पुतला दहन गरिएको हो । नेपाल प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएर गोली ठोकेको भन्दै ती नगरका युवाहरुले विरोध जनाउँदै आन्दोलित भएका छन् ।
गत मँगलबार चौधरीलाई भारतबाट पक्राउ गरी बुधबार राती सप्तरीको रुपनीमा ल्याएर ईन्काउन्टर गरेको आरोप लगाउँदै युवाहरु आन्दोलित भएका हुन् । चेकजाँचका क्रममा चौधरीले शुरुमै गोली प्रहार गरेको र प्रतिरक्षामा फाइरिङ गर्दा चौधरीको मृत्यू भएको प्रहरीले जनाएको छ । तराईमा आपराधिक गतिविधि र चन्दा असुली लगायतका क्रियाकलापमा संलग्न रहेको आरोप चौधरी माथि लागेको थियो ।
यता, दीपेन्द्र चौधरीका परिवार र आफन्त समेत फेक इन्काउण्टर गरेको भन्दै घटना सत्यतत्थ छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडी धर्ना समेत दिएका थिए । धनुषाको विभिन्न ठाउँमा युवाहरुले गृहमन्त्री बादलको पूतला दहन गर्दै दिपेन्द्र चौधरीसँग न्याय हुनुपर्ने माग गरेका छन् ।
गृहमन्त्री बादलकै ईसारामा प्रहरीले मधेशका युवाहरुलाई ताकी ताकी विना कारण र सानो तिनो मुद्दामा मुछिएका युवाहरुलाई गोली हान्दै गरेको भन्दै विरोधमा पूतला दहन गरिएको हो ।
जस्तोसुकै अपराधीलाई प्रहरीले पक्राउ गरेपछि हत्या गर्न नहुने भएपनि उनलाई गैर न्यायिक तवरले हत्या गरेको भन्दै परिवारजन आन्दोलित भएका छन् । प्रदेश प्रहरीको टोली समेत योजनावद्ध रुपमा उनलाई इन्काउन्टर गरेको हो । प्रहरीले दीपेन्द्रले नै पहिले गोली चलाएको बताएपनि घटनाको प्रकृति भने त्यस्तो नदेखिएको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
यता, मधेशी युवाहरुलाई पुनः इन्काउन्टरको नाममा गैर न्यायिक तवरले हत्या गर्ने उदेश्यकै साथ नेपाल प्रहरी सक्रिय भएको आरोप युवाहरु लगाउँछन् । यसअघि पनि कैयौँ यस्ता गैर न्यायिक घटनाहरुमा प्रहरी सँलग्न भएपनि मानवअधिकार आयोग समेत चुप्पी लादेको बताइन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…