मेयरको सरसफाई अभियान अन्तर्गत रामजानकी मन्दिर परिसरमा झाडु
जनकपुरधाम, ५ माघ । धनुषाको शहिदननगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले सँचालन गरेको नगर स्वच्छता अभियान अन्तर्गत चौथो साता रामजानकी मन्दिर परिसरमा सरसफाई गरिएको छ । नगर स्वच्छता अभियान अन्तर्गत नगरलाई स्वच्छ एवम् समृद्ध बनाउनको लागि प्राथमिकतामा राखिएको सफाई मिसन अन्तर्गत मेयर बरबरियाकै ने

२०७५ माघ ५ शनिबार, बिहान १०:१७ बजे१ मिनेट पढाइ

जनकपुरधाम, ५ माघ । धनुषाको शहिदननगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले सँचालन गरेको नगर स्वच्छता अभियान अन्तर्गत चौथो साता रामजानकी मन्दिर परिसरमा सरसफाई गरिएको छ ।
नगर स्वच्छता अभियान अन्तर्गत नगरलाई स्वच्छ एवम् समृद्ध बनाउनको लागि प्राथमिकतामा राखिएको सफाई मिसन अन्तर्गत मेयर बरबरियाकै नेतृत्वमा वृहत सरसफाई गरिएको हो । विहान ६ बजेदेखि सुरु गरिएको सरसफाई कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको सहभागीता रहयो ।
सो सरसफाई कार्यक्रममा मेयर बरबरिया सहित, ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक भीम बहादुर खडका सहित स्थानीय राम कुमार यादव, विष्णुदेव यादव, रुपेश विराजी सहित स्थानीय व्यापारी, बुद्धिजीवी तथा अभियानी सहयोगीहरुको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…