पूर्व साँसद विपि यादव सहकारी विभागको प्रमुखमा नियुक्त
जनकपुरधाम, १ माघ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को सहकारी विभागको केन्द्रीय संगठन प्रमुखमा विपी यादवलाई नियुक्त गरिएको छ । पूर्व साँसद समेत रहेका यादवलाई राजपा नेपालले उनलाई संगठनको प्रमुखको रुपमा नियुक्त गरेपछि राजपाकै सहकारी संगठनका केन्द्रीय सँयोजक सँजय कुमार साहले उनलाई बधाई तथा कार्यकालक

२०७५ माघ १ मंगलबार, बिहान १०:३२ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १ माघ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को सहकारी विभागको केन्द्रीय संगठन प्रमुखमा विपी यादवलाई नियुक्त गरिएको छ ।
पूर्व साँसद समेत रहेका यादवलाई राजपा नेपालले उनलाई संगठनको प्रमुखको रुपमा नियुक्त गरेपछि राजपाकै सहकारी संगठनका केन्द्रीय सँयोजक सँजय कुमार साहले उनलाई बधाई तथा कार्यकालको शुभकामना दिएका छन् ।
सँयोजक साहले सोमबार एक कार्यक्रमको आयोजना गरी नव नियुक्त प्रमुख यादवलाई फूलमाला तथा अबिरले स्वागत सहित बधाई तथा शुभकामना दिएका हुन् । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को भातृ संगठनको रुपमा रहेको सहकारी संगठन मार्फत जनतालाई जोडने कार्य गरिरहेको बताइएको छ ।
सो समारोहमा राजपा समर्थित नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । यसै क्रममा नव नियुक्त प्रमख यादवले बधाई तथा शुभकामना समारोहका अध्यक्षता गरेका केन्द्रीय सँयोजक साहप्रति आभार प्रकट गर्दै आफ्नो कार्यकाल निष्ठापूर्वक निर्वाह गर्ने प्रतिवद्धता समेत जाहेर गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…