तराई मधेशमा रजक समाजद्धारा सिरक वितरण
जनकपुरधाम, २५ पुस । दिनानुदिन तराई मधेशमा बढदै गएको चिसोलाई मध्यनजर गर्दै रजक सेवा समाजले सिरक वितरण कार्यक्रम गरेको छ । तरार्इ मधेशमा जाडो दिन प्रतिदिन बढदै जाँदा सिरहा, सप्तरी, धनुषा जिल्लाहरुमा ३७ जना गरिब असाहाय बिपन्न तथा वृद्ध बृद्दा हरुलार्इ राहत स्वरुप सिरक वितरण गरेको हो । बैदेशिक रोजगारिमा

२०७५ पुस २५ बुधबार, बिहान ९:१८ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २५ पुस । दिनानुदिन तराई मधेशमा बढदै गएको चिसोलाई मध्यनजर गर्दै रजक सेवा समाजले सिरक वितरण कार्यक्रम गरेको छ ।
तरार्इ मधेशमा जाडो दिन प्रतिदिन बढदै जाँदा सिरहा, सप्तरी, धनुषा जिल्लाहरुमा ३७ जना गरिब असाहाय बिपन्न तथा वृद्ध बृद्दा हरुलार्इ राहत स्वरुप सिरक वितरण गरेको हो । बैदेशिक रोजगारिमा रहेका रजक समाजका युवाहरु र नेपाल स्थित सिरहा सप्तरी धनुषा जिल्लामा उक्त सिरक वितरण गरेको हो ।
रजक समाजका युवाहरुको सक्रियतामा नेपाल रजक सेवा समाज संस्थाले रजक समाज भित्रका युवाहरु बिच सहयोग संकलन गरि नेपाल स्थित रजक समाज का युवाहरुले सिराहाको मिरचैयामा बुधन साफिको अध्यक्षतामा कार्यक्रम गरि तीन वटै जिल्लामा सिरक पिडितको घर सम्म पुरयाएको छ ।
समाजले पटक पटक गरिब असाहय तथा बिपन्न परिवार तथा ब्यक्ती हरुलाई सहयोग गर्दै आएको छ । नेपाल रजक सेवा समाजले महिला हिंसा , बालबिबाह ,महिला शोषण तथा दहेज प्रथा बिरुद्ध आवाज उठाउदै आएको छ। समाजले यस्ता पिछडिएका ब्यक्तिहरु लाई सहयोग पुरयाउने बिश्वासका साथ अगाडी बढेको छ।
समाज प्रति युवाहरुको बिशेष योगदान रहेकोछ । नेपाल रजक सेवा समाज नेपाल ,साउदी अरेबिया ,कतार ,दुबई ,मलेशिया, भारत लगायत देशहरुमा क्रियाशील रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…