सिरहामा सुरुङ खनेर लाखौंको चोरी !
चोरी भएको ठाउँदेखि मात्र करिब १ किलोमिटरको दुरीमा कल्याणपुर प्रहरी चौकी छ ।

२०७५ पुस २२ आइतबार, बिहान १०:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको कल्याणपुर नगरपालिकामा गएराति सुरुङ खनेर लाखौंको चोरी भएको छ । सनिवार राति करिब १ बजेको समयमा लुटेराहरुको एक समूहद्धारा कल्याणपुर नगरपालिका १० नभकाटोलको ९ घरमा सुरुङ खनेर लाखौंको धनमाल चोरिएको हो ।
कल्याणपुर नपा वडा १० नभकाटोल निबासी स्थानीय सजन मण्डल, कुशे यादव, शिकेन्द्र भगत लगायतकाको घरमा सुरुङ खनेर चोरी भएको छ भने स्थानीय अमिलाल मण्डलको घरमा सुरुङ खनेर चोरीकोे प्रयास भएको स्थानिय बासिन्दाहरुले जानकारी दिएका छन् ।
सजन मण्डलको घरबाट ३ हजार नगद, १ तोला सुन को मङ्गलसुत्र, चान्दिको गरगहना र २ थान मोबाइल लगेको तथा कुशे यादबको घरबाट चान्दिको केही गरगहना, २ हजार नगद र एउटा बाकससमेत चोरी गरेको छ । त्यस्तै, शिकेन्द्र भगतको घरबाट २४ इन्चिको एलसिडि चोरी भएको र अमिलाल मण्डलको घरमा सुरुङ्ग खनेर चोरीको प्रयास मात्र भएको स्थानिय सुखरा मण्डलले बताए ।
त्यस क्षेत्रमा चोरको बिगबिगी देखिएको स्थानीहरुले बताए । चोरी भएको ठाउँदेखि मात्र करिब १ किलोमिटरको दुरीमा कल्याणपुर प्रहरी चौकी छ । नजिकैमा प्रहरी चौकी रहेपनि यस प्रकारको घटना भईरहँदा स्थानीय जनताहरु असुरक्षित रहेको प्रष्टिएको एकजना स्थानीयले गुनासो पोखे ।
यता, चोरीको घटना भएको थाहा पाएर चोरी पश्चात् राती नै कल्याणपुर प्रहरी चौकीबाट प्रहरी घटना स्थलमा पुगेका थिए भने वडा १० का वडाध्यक्ष विहान घटना स्थलमा पुगेको छ ।
घटना सम्बन्धमा विस्तृत खोजविन भइरहेको कल्याणपुर प्रहरीले बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…