मेयरको 'नगर स्वच्छता अभियान' अन्तर्गत दोस्रो साता बजार सरसफाई
जनकपुरधाम, २० पुस । धनुषाको शहिदनगर नगरपालिकाका मेयरले चलाएको नगर स्वच्छता अभियान कार्यक्रमलाई निरन्तरता दिँदै शुक्रबार दोस्रो साता समेत सरसफाई कार्यक्रम गरिएको छ । शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया (यादव) को नेतृत्वमा चलाइएको सरसफाई कार्यक्रम अन्तर्गत शहिदनगर नगरपालिकाको वार्ड नम्बर

२०७५ पुस २० शुक्रबार, दिउँसो ३:०६ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २० पुस । धनुषाको शहिदनगर नगरपालिकाका मेयरले चलाएको नगर स्वच्छता अभियान कार्यक्रमलाई निरन्तरता दिँदै शुक्रबार दोस्रो साता समेत सरसफाई कार्यक्रम गरिएको छ ।
शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया (यादव) को नेतृत्वमा चलाइएको सरसफाई कार्यक्रम अन्तर्गत शहिदनगर नगरपालिकाको वार्ड नम्बर ३ यदुकूहा बजारलाई आज सरसफाई गरिएको हो।
शहिदनगर नगरपालिकालाई स्वच्छ, सफा र सुन्दर बनाउनको लागि तथा स्मार्ट सिटीको परिकल्पनालाई तीव्रता दिनको लागि मेयर बरबरियाले आफ्नै नेतृत्वमा सरसफाई अभियानको सुरुवात गरेको हो । साप्ताहिक सरसफाई कार्यक्रम अन्तर्गत पहिलो साता यदुकूहाकै प्राथमिक स्वास्थय केन्द्रमा सरसफाई गरिएको थियो । अति संवेदनशिल क्षेत्र मानिएको स्वास्थ्य क्षेत्रमा फालिएको फोहोरहरुलाई पन्छाउँदै उनका टिमले स्वच्छताको लागि दीर्घकालिन अभियान सुरु गरेको हो ।
यसै क्रममा अभियानको दोस्रो साता यदुकूहाको मुख्य बजारमा सरसफाई गर्दै व्यापारिक केन्दको रुपमा रहेको यदूकुहा बजारलाई स्वच्छ बनाउनको लागि सबै व्यापारी, नागरिक समाज, सुरक्षाकर्मी दल तथा विद्यार्थी र स्थानीयहरुमा जनचेतना जगाउने बताइएको छ ।
उक्त सरसफाई कार्यक्रममा शसस्त्र प्रहरी बल यदुकुहाका प्रहरी नीरिक्षक (ईन्स्पेक्टर) शम्भु कटुवाल, ईलाका प्रहरी कार्यलय यदुकुहाका प्रहरी नीरिक्षक भिम बहादुर खडका, शसस्त्र प्रहरी दुवरकोटका प्रहरी नीरिक्षक प्रकाश कार्की , वालगंगाका प्रहरी नीरिक्षक दिलेन्दर खत्री लगायत शहिदनगर नगरपालिकाको नगरवसीहरुको मोटो सहभागीतामा दोस्रो साता सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रममा यदुकूहा शसस्त्र बलका प्रहरी नीरिक्षक कटुवालले शहिदनगरको पहिचान तथा प्रमुख पूर्वी धनुषाको लागि प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको बजार क्षेत्र सरसफाईपछि अभियानीहरुले नगर स्वच्छता अभियानको लक्ष्य पुरा नगरेसम्म यस कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
विभिन्न निकायका प्रतिनीधि सहित नगरवासी र सुरक्षा निकायका प्रतिनीधिहरुले समेत मानवताको हिसाबले देखाएको सहयोगी भूमिकाप्रति मेयर बरबरियाले सबै निकायलाई धन्यवाद समेत ज्ञापन गर्दै यस अभियानलाई मूर्तरुप दिनको लागि नगरवासीमा अनुरोध समेत गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…