विदेशबाटै रजक सेवा समाजद्धारा सप्तरीमा दहेजप्रथा उपर सचेतना
सप्तरी, २० पुस । दहेज प्रथा, बालविवाह, महिला हिंसा लगायतका समस्या दिनानुदिन समाजिक चुनौती बन्दै गइरहेको अवस्थामा नेपाल रजक सेवा समाजले सप्तरीमा एक बिशेष कार्यक्रम सम्पन्न गरेको छ । बिशनपुर गाउँ पालिका बाजितपुर निवासी रमेश रजकको सकृयतामा गत २८ डिसेम्बरका दिन सामाजिक सचेतना सम्बन्धित बिशेष कार्यक्रम स

२०७५ पुस २० शुक्रबार, बिहान ९:३५ बजे१ मिनेट पढाइ

सप्तरी, २० पुस । दहेज प्रथा, बालविवाह, महिला हिंसा लगायतका समस्या दिनानुदिन समाजिक चुनौती बन्दै गइरहेको अवस्थामा नेपाल रजक सेवा समाजले सप्तरीमा एक बिशेष कार्यक्रम सम्पन्न गरेको छ ।
बिशनपुर गाउँ पालिका बाजितपुर निवासी रमेश रजकको सकृयतामा गत २८ डिसेम्बरका दिन सामाजिक सचेतना सम्बन्धित बिशेष कार्यक्रम सम्पन्न भएको हो । महिला हिंसा र शोषण बिरुद्धको खबरदारी, भष्टाचारविरुद्धको आवाज तथा गरिब, बिपन्न, उत्पिडत, अपाङ्ग, असहायलाई सेवा र सहयोग जुटाउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको थियोे ।
कार्यक्रममा रजक समाजका बुद्धिजीवी, समाज सेवी , पदाधिकारी तथा रजक समाज का अगुवाहरुले आ(आफ्नो मन्तब्य राख्दै दहेज प्रथा र बालविवाह मुक्त समाजको स्थापना गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
नेपाल रजक सेवा समाज हाल साउदी अरेबिया, कतार ,दुबई मलेशिया, नेपाल लगायत देश हरुमा क्रियाशील रहेकोछ । समाजले गरिब तथा बिपन्न परिवार लाई सहयोग पुर्याउदै आएको संस्थाका उपाध्यक्ष भुवन रजकले जानकारि दिए । साथै समाजले समाजिक तथा जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको सँस्थाका सहजकर्ता श्याम कुमार साफीले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…