मोनाष्टिकको ३३ औँ वार्षिकोत्सवमा प्रदेश प्रमुखले भने,- मोनाष्टिक जनकपुरको गुरुकुल'
जनकपुरधाम, १५ पुस । मध्य मधेशकै उत्कृष्ट विद्यालय मानिएको जनकपुरको मोनाष्टिक आवासीय विद्यालयले ३३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत ख्याती प्राप्त गरेका जनकपुरधामको मोनाष्टिक स्कूलले शनिबार विद्यालयमा विज्ञान प्रदर्शनीका साथै विभिन्न व्यक्तित्वह

२०७५ पुस १५ आइतबार, दिउँसो १२:३४ बजे२ मिनेट पढाइ

जनकपुरधाम, १५ पुस । मध्य मधेशकै उत्कृष्ट विद्यालय मानिएको जनकपुरको मोनाष्टिक आवासीय विद्यालयले ३३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत ख्याती प्राप्त गरेका जनकपुरधामको मोनाष्टिक स्कूलले शनिबार विद्यालयमा विज्ञान प्रदर्शनीका साथै विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै समारोह समापन गरिएको हो ।
प्रदेश नंं २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ । विद्यालयकी सँस्थापितका श्रीमति विणा देवी साहको अध्यक्षतामा सम्पन्न उक्त समारोहको दौरान विद्यालयका शिक्षक शिक्षिका तथा स्टाफलाई दीर्घ सेवा सम्मान पदकबाट विशेष सम्मान गरिएको हो ।

स्थापनाकालको ३३ औँ वर्षमा राखिएको चार दिवसीय कार्यक्रमको अन्तिम दिन विद्यालय परिसरमै विज्ञान प्रदर्शनी सहित साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो । साँस्कृतिक नाचगानले समारोहलाई चारचाँद लगाएको थियो ।
सो समारोहमा प्रदेश प्रमुख कायश्थले देशको भविष्यका निर्माताहरु जन्मिने उद्गम स्थल बिद्यालय नै भएको बताउँदै प्राचिन समयमा मिथिला क्षेत्र ऋषिमुनिको तपोभुमि भएकोले पनि यस क्षेत्रका बालबालिकाहरुको शिक्षा दिक्षा सोही अनुसारको हुनुपर्ने बताए ।
मोनास्टिक स्कुलले ३३ बर्षदेखि बालबालिकामा ज्ञानको दिव्य ज्योति छर्दै देशका भावी तेजस्वी बिद्यार्थी उत्पादन गर्दै आईरहेकोमा खुलेर प्रशँसा गर्दै बिद्यालय परिवारलाई बधाई तथा धन्यवाद दिए । आगामी दिनहरुमा बिद्यालयले कुशल तथा शिक्षित बिद्यार्थीहरु उत्पादन गरी देश बिदेशमा ख्याती प्राप्त गरुन भनी शुभकामना समेत प्रमुख कायश्थले दिए ।

बिद्यालयमा भएको बिज्ञान प्रदर्शनीमा करीब १५० भन्दा बढी स्टल राखिएका थिए । साथै बिद्यालयले बिद्यालयमा १५ बर्ष तथा २५ बर्षदेखि कार्यरत शिक्षक, शिक्षिका तथा कर्मचारीहरुलाई छुट्टा छुट्टै सम्मान समेत गरेको थियो ।
कार्यक्रममा कराँते, गित तथा नृत्य पनि प्रस्तुत गरिएको थियो । बार्षिकोत्सवकै अवसरमा बिद्यालयले यसअघि पुष १० गते रक्तदान, १२ र १२ गते सरसफाई सम्बन्धी घरदैलो कार्यक्रम, १२ गते साँस्कृतिक कार्यक्रम र अन्तिम दिन बिज्ञान प्रदर्शनी तथा स्वागत सम्मान र साँस्कृतिक कार्यक्रम गरिएको थियो ।
सो समारोहमा विद्यालयका प्रबन्धक निर्देशक डा. सोनु कुमार साहले शिक्षा विद्यालयको प्राण रहेकाले आगामी दिनमा अझ बढी गुणस्तरीयता बढाउने भन्दै शिक्षक स्टाफको अहिलेसम्मको जीवनवृत र योगदानका विषयमा सङ्क्षिप्तमा प्रकाश पारे ।
३३ औं वार्षिकोत्सवमा विद्यालयकी माता श्रीमती सुशीला देवी, विद्यालयका मेनेजिङ डायरेक्टर डा।सोनु कुमार, प्रिन्सिपल डा. सोनाली साह, सदस्य डा. शिखा नायक,डा.अश्विनीका साथै शिक्षक स्टाफ, अभिभावक, शुभचिन्तक, पत्रकार तथा विद्यालयका छात्रछात्राको बाक्लो उपस्थितिले कार्यक्रम शोभायमान बन्न पुगेको थियो ।
मोनाष्टिक स्कूलले जनकपुरमै आफ्नौ वार्षिकोत्सव समारोहमा समाजसेवा र समाजिक क्रियाकलापलाई बढी प्रश्रय दिएकोप्रति जनकपुरवासीले प्रशंसा गरेका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…