मेयर बरबरियाको नेतृत्वमा यदुकूहा प्राथमिक स्वास्थ्य केन्द्रमा सरसफाई
धनुषा, १४ पुस । धनुषाको शहिदनगर नगरपालिकामा वृहत्त सरसफाई कार्यक्रम गरिएको छ । शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया (यादव) को नेतृत्वमा चलाइएको सरसफाई कार्यक्रम अन्तर्गत शहिदनगर नगरपालिकाको वार्ड नम्बर ३ यदुकूहामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सरसफाइ गरिएको हो। अति संवेदनशिल क्षेत्र

२०७५ पुस १४ शनिबार, दिउँसो २:३४ बजे१ मिनेट पढाइ

धनुषा, १४ पुस । धनुषाको शहिदनगर नगरपालिकामा वृहत्त सरसफाई कार्यक्रम गरिएको छ ।
शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया (यादव) को नेतृत्वमा चलाइएको सरसफाई कार्यक्रम अन्तर्गत शहिदनगर नगरपालिकाको वार्ड नम्बर ३ यदुकूहामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सरसफाइ गरिएको हो।
अति संवेदनशिल क्षेत्र मानिएको स्वास्थ्य क्षेत्रमा गन्दकी र फोहोरको गुन्जाएस नभएको भन्दै मेयर बरबरियाले आफैँ झाडु उठाएर सरसफाई गरेका थिए । उनले सरसफाईको एक टोली बनाएर स्वास्थ्य सेवा लिन आएका नगरका मानिसहरुले प्रयोग गरेका औषधीका बट्टा, प्लास्टिक सहितका सिरिञ्जहरुलाई उचीत व्यवस्थापनको लागि सरसफाई गरिएको जनाइएको छ ।

शुक्रबार भएको प्राथमिक स्वास्थ्य केन्द्रको सरसफाई कार्यक्रममा ईलाका प्रहरी कार्यलय यदुकुहाका प्रहरी नीरिक्षक भिम बहादुर खडका, शसत्र प्रहरी यदुकुहाका प्रहरी नीरिक्षक , सशस्त्र ।प्रहरी दुवरकोटका प्रहरी नीरिक्षक प्रकाश कार्की , वालगंगाका प्रहरी नीरिक्षक दिलेन्दर खत्री लगायत शहिदनगर नगरपालिकाको नगरवसीहरुको मोटो सहभागीतामा वृहत्त सरसफाई गरिएको हो ।
विकासको पूर्वाधारको मूल तत्व मानिएको स्वास्थ्य क्षेत्र नै दुर्गन्धित भएपछि रोग निको भन्दा रोग निम्त्याउने तत्व हावामा फैलिने भएकोले सरसफाई अति उत्तम विकल्प रहेको बताउँदै सहभागीहरुले सरसफाईलाई आगामी दिनमा समेत निरन्तरता दिने बताए ।
विभिन्न निकायका प्रतिनीधि सहित नगरवासी र सुरक्षा निकायका प्रतिनीधिहरुले समेत मानवताको हिसाबले देखाएको सहयोगी भूमिकाप्रति मेयर बरबरियाले सबै निकायलाई धन्यवाद समेत ज्ञापन गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…