क्षीरेश्वर प्याब्सन नगर इकाई सँयोजकमा कापडी
जनकपुरधाम, १४ पुस । क्षीरेश्वर प्याब्सन नगर इकाई समितिको सँयोजकामा सुजीत कापडीलाई चयन गरिएको छ । शुक्रबार सम्पन्न क्षीरेश्वरनाथ नगरपालिकाको प्रथम नगर अधिवेशनबाट नगर प्याब्सन एकाई समितिको संयोजकमा सुजित कापडीलाई चयन गरिएको हो । क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारको प्रमुख आत्थियमा भ

२०७५ पुस १४ शनिबार, बिहान ९:५४ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १४ पुस । क्षीरेश्वर प्याब्सन नगर इकाई समितिको सँयोजकामा सुजीत कापडीलाई चयन गरिएको छ ।
शुक्रबार सम्पन्न क्षीरेश्वरनाथ नगरपालिकाको प्रथम नगर अधिवेशनबाट नगर प्याब्सन एकाई समितिको संयोजकमा सुजित कापडीलाई चयन गरिएको हो । क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारको प्रमुख आत्थियमा भएको उदघाटनसत्र सम्पन्न भएको थियो ।
निजी तथा आवासीय विद्यालयहरुको छाता सँगठनको अर्गनाईजेशन नेपाल प्याब्सन नगर इकाई समितिको उदघाटनसत्रमा बोल्दै नगर प्रमुख पँजियारले भने, सरकार नसकेर निजि बिधालयलाई अनुमती दिएका छ्न । अहिले सम्म जोड दार साथ दिदै आएको देखिएको छ । नगरभित्र रहेका सम्पुर्ण विद्यालयहरुको लागी शिक्षा एेन बनाएकोछ र छिटै राजपत्रमा चढाई सार्बजनिक गरिने छ।
नगर भित्र बनाईएको शिक्षा नियमावलीलाई नगरभित्र रहेका सम्पुर्ण विद्यालयहरुलाई त्यही नियम भित्र रहेर काम गर्न आग्रह गर्नुका साथै आउने दिनमा राम्रो गर्ने विद्यालय र विद्यार्थीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने प्रतिवद्धता जनाएका थिए ।शिक्षा प्रती सकारात्मक शिक्षा विकास तर्फ योग्दान दिएकालाई सम्मान पत्र प्याबसन इकाई तर्फबाट मेयर पन्जियारको हातबाट दिइएको थियो ।
सो कार्यक्रममा विशिष्ट अतिथी प्यावसन केन्द्रिय सदस्य नरेन्द्र शर्मा, शिक्षा उपसचिव महेन्द्र महतो, प्याबसन धनुषा जिल्ला अध्यक्ष बिश्वलाल सिंह, उपाध्यक्ष नवल यादव , सचिब मनोज यादव, क्षिरेशवर माविका पूर्व प्रधानाध्यापक रमान्न्द चौधरी, कार्यपालिका सद्स्य बिरेन्द्र सिंह, वडा न ४ का अध्यक्ष जगदिश यादव , ५ का जिबछ मण्डल, ७ का राम किशोर यादव, सशस्त्र वेसक्याम्प नकटाझिजका डिएसपि सुशिल पराजुली, लगायत प्याबसनका विभिन्न ईकाइका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…