मोनाष्टिकद्धारा रक्तदान
जनकपुरधाम, १० पुस । जनकपुरधामको मोनाष्टिक उच्च माध्यमिक आवासीय विद्यालयले पूर्व घोषित कार्यक्रम अनुसार मँगलबार (आज) रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको ३३ औँ स्थापना दिवसको अवसर पारेर घोषणा गरिएको चार दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन पुस १० गते विहान ९ बजेदेखि जनकपुरधामको जनकचोकमा चलेक

२०७५ पुस १० मंगलबार, बेलुकी ५:२८ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १० पुस । जनकपुरधामको मोनाष्टिक उच्च माध्यमिक आवासीय विद्यालयले पूर्व घोषित कार्यक्रम अनुसार मँगलबार (आज) रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयको ३३ औँ स्थापना दिवसको अवसर पारेर घोषणा गरिएको चार दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन पुस १० गते विहान ९ बजेदेखि जनकपुरधामको जनकचोकमा चलेको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।
कसैको रक्तले कसैले जीवन पाउने तथा रक्तदान जीवनदान मूल नारा सहित मोनाष्टिकले प्रत्येक वर्षझै यसपाली पनि रक्तदान कार्यक्रम गरेको विद्यालयका प्रबन्धक निर्देशक डा. सोनु कुमार साहले बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी जनकचोकमा विद्यालयका विद्यार्थी, अभिभावकक, शिक्षक शिक्षिकाहरुले रक्तदान गरेका हुन् । रक्तदान जीवनदान नारालाई आत्मसात गर्दै समाजसेवी तथा अगुवा युवाहरुले समेत रक्तदान गरेका हुन् ।
सो कार्यक्रममा रक्तदातहरुलाई रक्तदाताको सम्मानपत्र समेत प्रदान गरिएको थियो । नेविभिन्न व्यक्तित्वहरुले सम्मानपत्र प्रदान गरेका थिए ।
रक्तदान कार्यक्रममा दिलीप कुमार महतो, राकेश कुमार यादव, चाँदनी साह, रुवी कापडी, अर्चना सिँह, हिमाल आचार्य, विनोद कुमार भगत, उमेश पोखरेल, शैलेन्द्र झा, किसन कुमार मण्डल, लक्ष्मी प्रसाद साह, सीमा यादव, यज्ञ कुमार यादव लगायत ४० जनाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटि धनुषाको सहयोगमा विद्यालयको समन्वय र आयोजनामा गरिएको उक्त रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको हो ।
यस्तै, बुधबार ११ गते र विहिबार १२ गते सरसफाई सम्बन्धी घरदैलो कार्यक्रम तथा साँस्कृतिक कार्यक्रम र १४ गते विज्ञान प्रदर्शनीका साथै अन्य विभिन्न कार्यक्रम गरी ३३ औँ स्थापना दिवस मनाउने कार्यक्रम तय गरिएको विद्यालयकी प्रिन्सीपल डा. सोनाली साहले बताइन् ।
मोनाष्टिक स्कूलले सरसफाई सम्बन्धी घरदैलो अभियान भने जनकपुरमै नयाँ सोंच ल्याएको देखिएको छ । अगुवा एवम् समाजसेवी तथा अभियानीहरुले यसलाई साकारात्मक सोंच बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…