पत्रकार यादवको हराएको मोबाईल प्रहरीले जिम्मा लगायो
जनकपुरधाम, ६ पुस । रामजानकी विवाह महोत्सव विवाहपञ्चमीको समाचार संकलन गर्ने बेलामा हराएको मोबाईल प्रहरीले जिम्मा लगाएको छ । न्यूज ब्यूरोका धनुषा संवाददाता सँचारकर्मी विनय कुमार यादवको गत मँसिर २६ गते विवाहपँचमीको दिन रिपोर्टिङग गर्ने क्रममा जानकी मन्दिर परिसरबाट हराएको थियो भने उक्त मोबाईल फेला पारेर

२०७५ पुस ६ शुक्रबार, राति ८:०२ बजे१ मिनेट पढाइ

जनकपुरधाम, ६ पुस । रामजानकी विवाह महोत्सव विवाहपञ्चमीको समाचार संकलन गर्ने बेलामा हराएको मोबाईल प्रहरीले जिम्मा लगाएको छ ।
न्यूज ब्यूरोका धनुषा संवाददाता सँचारकर्मी विनय कुमार यादवको गत मँसिर २६ गते विवाहपँचमीको दिन रिपोर्टिङग गर्ने क्रममा जानकी मन्दिर परिसरबाट हराएको थियो भने उक्त मोबाईल फेला पारेर रौतहट प्रहरीले जिम्मा लगाएका छन् ।
भारत युपीका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणलाई लिएर विवाहपञ्चमीमा अत्यधिक भीडभएपनि रौतहटबाट खटिआएका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) ओम प्रकाश यादवको टोलीले उक्त मोबाईल फेला पारेको थियो भने सँचारकर्मी यादवको मोबाईल औपचारिक रुपमा जिम्मा पनि लगाएका हुन् ।
रिपोर्टिङगको क्रममा सँचारकर्मी यादवको स्यामसँग कम्पनीको जे सेभेन मोडेलको मोबाईल हराएपनि तनावमा रहेका यादवलाई रौतहट प्रहरीले मोबाईल फेला पारेको भनेर फोन गरेपछि उनले राहतका साँस लिएका थिए ।
सँचारकर्मी यादवले आफ्ना छिमेकी भाइ महेश दासलाई मोबाईल लिनको लागि पठाएपछि प्रहरी नीरिक्षक ओम प्रकाश यादवले उनलाई जिम्मा लगाएर पठाइदिएको भन्दै ब्यूरोकर्मी यादवले ईन्सपेक्टर यादवलाई धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरीको यो कार्यप्रति कृतज्ञता जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…