SYN को पहलमा ३ विद्यार्थीलाई हेल्प मधेशीको सहयोग
न्यूज ब्यूरो, सिरहा । सिरहा युवा संजालको पहलमा ३ जना गरिव तथा विपन्न विद्यार्थीहरुलाई आर्थिक सहयोग गरिएको छ । खाडी मुलुकमा रहेका मधेशी मुलका नेपालीहरुको सामाजिक संगठन 'हेल्प मधेशी' को शिक्षा अभियान अन्तर्गत कत्तार च्याप्टरले गोलबजार नगरभित्रका ३ जना विद्यार्थीहरुलाई उक्त आर्थिक रकम सहयोग गरेको हो ।

२०७५ पुस ४ बुधबार, बेलुकी ७:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा युवा संजालको पहलमा ३ जना गरिव तथा विपन्न विद्यार्थीहरुलाई आर्थिक सहयोग गरिएको छ । खाडी मुलुकमा रहेका मधेशी मुलका नेपालीहरुको सामाजिक संगठन 'हेल्प मधेशी' को शिक्षा अभियान अन्तर्गत कत्तार च्याप्टरले गोलबजार नगरभित्रका ३ जना विद्यार्थीहरुलाई उक्त आर्थिक रकम सहयोग गरेको हो ।
सिरहाको गोलबजार नगरपालिका १२ बेतौनामा अवस्थित श्री जनता माविमा कक्षा ८ मा अध्ययनरत धिरज राय, कक्षा ६ मा अध्ययनरत हेमशंकर राय र कक्षा ३ मा अध्ययनरत चन्दन रायलाई आर्थिक सहयोग गरिएको हो ।
सिरहा युवा संजाल तथा हेल्प मधेशी कत्तार च्याप्टरको संचालक समितिका सदस्य राकेश रायको विशेष पहलमा यो आर्थिक सहयोग प्रदान गरिएको सिरहा युवा संजालका अध्यक्ष नागेश्वर रायले न्यूज ब्यूरोसँग भने ।
सिरहा जिल्लाका युवाहरुको छाता संगठन सिरहा युवा संजालले विभिन्न समयमा विभिन्न कार्यक्रम मार्फत् विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ भने खाडी मुलुकमा छरिएर रहेका मधेशीहरुको सामाजिक संगठन हेल्प मधेशीले नेपालमा निरन्तर गरिब, दलित, विपन्न तथा विपदमा परेकालाई आर्थिक सहयोग गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…