सिरहामा कटुवा पेस्तोल सहित १ फन्दामा !
पक्राउ परेका मण्डल चोरी मुद्दाका फरार अभियुक्त समेत छन् ।

२०७५ पुस ४ बुधबार, बेलुकी ५:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका १ लतियाहीमा विशेष सुराकीको आधारमा सोहि गाउँमा बस्ने वासुदेव खत्वे मण्डलका २७ वर्षीय छोरा चोरी मुद्दाका फरार अभियुक्त रबिन्द्र कुमार मण्डललाई मंगलबार साँझ पक्राउ गरिएको हो ।
शरीर चेक जाँच गर्ने क्रममा मण्डलको साथबाट एक नाले कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।
पेस्तोल सहित पक्राउ परेका मण्डललाई ईलाका प्रहरी कार्यलय लहानमा राखी थप अनुसन्धान भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…