सप्तरीमा आगलागी हुँदा ६ घर जल्यो, २६ चौपाया मरे !
४ घण्टापछि आगो नियन्त्रणमा आएको हो ।

२०७५ पुस २ सोमबार, दिउँसो १:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा आगलागी हुँदा ठुलो क्षति भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीमा सोमबार बिहानै आगलागी हुँदा ६ घर जलेर करिब २० लाख मूल्य बराबरको क्षति भएको हो ।
स्थानीय विजयकुमार रायको गोठमा बालिएको घुरबाट सल्केको आगो फैलिएर उनको गोठ घर नष्ट हुनका साथै ४ वटा पशुचौपाया जलेर मरेको छ ।
आगलागीबाट रायका छिमेकीहरु नागेश्वर राय, बब्लु भनिने किसुन राय, अजयकुमार राय, रामचन्द्र राय र अहिल्यदेवी रायको १र१ वटा घर तथा २२ वटा पशुचौपाया, नगद, अन्नपात, गरगहना, लत्ताकपडा, फर्निचर लगायतका सरसमान जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ ।
वारुणयन्त्र, स्थानीयबासिन्दा र प्रहरीको सहयोगमा ४ घण्टापछि आगो नियन्त्रणमा आएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…