वडा कार्यालयमा हेल्पडेस्क संचालन
विनोद महतो , ढल्केवर || सामुदायिक सूचना तथा सेवा सहजीकरण केन्द्रले धनुषाको मिथिला नगरपालिका वडा नं. २ को वडा कार्यालयमा आइतवारदेखि हेल्पडेक्स संचालन गरेको छ । वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुको कार्यमा सहजताको लागि केन्द्रका स्वयसेवकहरुले हेल्पडेस्क मार्फत सेवाग्राहीलाई सेवा प्रदान गरेको छ

२०७५ मंसिर १६ आइतबार, बेलुकी ६:३२ बजे१ मिनेट पढाइ

विनोद महतो , ढल्केवर || सामुदायिक सूचना तथा सेवा सहजीकरण केन्द्रले धनुषाको मिथिला नगरपालिका वडा नं. २ को वडा कार्यालयमा आइतवारदेखि हेल्पडेक्स संचालन गरेको छ ।
वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुको कार्यमा सहजताको लागि केन्द्रका स्वयसेवकहरुले हेल्पडेस्क मार्फत सेवाग्राहीलाई सेवा प्रदान गरेको छ ।
हेल्पडेस्कले कार्यालयमा सेवाग्राहीलाई कागजपत्र मिलाउन, फारम भर्न, नाम दर्ता गर्ने लगायतको कार्यमा सेवाग्राहीहरुलाई सहयोग तथा सहजीकरण गरेको छ ।
सो अवसरमा केन्द्रका स्वयमसेवकहरुले केन्द्रको उद्देश्य, सेवा र सहजीकरण गर्न सक्ने विषयवस्तुको विषयमा सर्वसाधारणलाई जानकारी समेत गराएको छ ।समाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्तर्गत मिथिला नगरपालिका र युएनडिपीको सहयोगमा सामुदायिक परिवार कल्याण संघको संयुक्त साझेदारीमे हिमालय युवा क्लवमा स्थापित उक्त केन्द्रले आफ्नो सेवालाई अन्य समाजिक कार्यहरुमा समेत हेल्पडेस्क राखेर सेवा प्रदान गर्ने जनाएको छ ।
केन्द्रमा नगरपालिकाभित्रका ११ जना युवा र ९ जना युवती गरी २० जना स्वयमसेवी युवायुवतीहरु रहेको छ । दिगो विकासका लक्ष्य प्राप्ति गर्न, स्थानीय निकायको सेवा प्रवाहमा युवायुवतीहरुको भूमिका र स्वयमसेवी समाजिक सेवा तथा जवाफदेहिताको विकास गराउने उद्देश्यले केन्द्रले समाजमा सेवा तथा सहजीकरण गरिरहेको हिमालय युवा क्लवका अध्यक्ष अरुण कुमार महतोले जानकारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…