शहिदनगरमा फोरमको महिला नगर समिति गठन
न्यूज ब्यूरो, जनकपुरधाम । संघीय समाजवादी फोरम नेपालले आफ्नो भातृ संगठनको नयाँ कार्य समिति गठन गरेको छ । धनुषाको शहिदनगर नगरपालिकामा पार्टीको भातृ संगठनको रुपमा संघीय समाजवादी महिला फोरमको नगर समिति गठन गरिएको हो । नगर समितिको अध्यक्षमा सीता देवी मण्डल , उपाध्यक्षमा मन्जु यादव , सचीवमा ममता कुमारी दा

२०७५ मंसिर १५ शनिबार, बेलुकी ५:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संघीय समाजवादी फोरम नेपालले आफ्नो भातृ संगठनको नयाँ कार्य समिति गठन गरेको छ ।
धनुषाको शहिदनगर नगरपालिकामा पार्टीको भातृ संगठनको रुपमा संघीय समाजवादी महिला फोरमको नगर समिति गठन गरिएको हो । नगर समितिको अध्यक्षमा सीता देवी मण्डल , उपाध्यक्षमा मन्जु यादव , सचीवमा ममता कुमारी दास , कोषाध्यक्षमा ललिता यादव , सह सचीवमा ललिता देवि मण्डललाई चयन गरिएको छ ।
यस्तै गठित १९ सदस्यीय समितिको सदस्यहरुमा बिभा देवि ,सनेचरी देवि सदा , अलिना खातुन , भुट्कुन देवि महरा , मन भोगिया पासवान , इन्द्र कुमारी रजक ,सखो मण्डल ,शिव सति मण्डल ,सुर्ज देवि मुखिया ,लाखो देवि मुखिया ,निर्माला देवि मण्डल ,मिना देवि कापर , सुर्जी देवि मुखिया , गेना देवि यादव ,मैथिली देवि यादव रहेको जनाइएको छ ।
महिला फोरमकी जिल्ला अध्यक्ष प्रमिला सिंहकी अध्यक्षता एवम दिनेश प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न एक भेलाबाट उक्त समितिमा १९ सै जनालाई सर्व सहमतिले चयन गरिएको हो ।
भेलामा महिला फोरम जिल्ला सदस्य मनु माया मोक्तान , जिल्ला सचीव उषा साह , संघीय समाजवादी फोरम जिल्ला युवा नेता बिनोद रोहिता , जिल्ला सदस्य उपेन्द्र ठाकुर , वडा अध्यक्ष नागेन्द्र मण्डल , वडा अध्यक्ष मनोज साह , जोगिन्द्र दास भिलाइ यादव , शौखिला मुखिया लगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…