मेयरको मदिरा प्रतिवन्ध अभियान : ३०० लिटर मदिरा नष्ट
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयरले सुरु गर्न लागेको मदिरामुक्त नगर अभियानको क्रममा शुक्रबार भारी मात्रामा अवैद्य मदिरा नष्ट गरिएको छ । शहिदनगर नगरपालिका मेयर उदय कुमार बरबरिया (यादव) ले नगरमा मदिरा, डिजे, ओरकेष्ट्रा प्रतिवन्ध गर्ने घोषणा गरे लगत्तै नगरको विभिन्न ठाउँबाट बरा

२०७५ मंसिर १४ शुक्रबार, दिउँसो ३:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयरले सुरु गर्न लागेको मदिरामुक्त नगर अभियानको क्रममा शुक्रबार भारी मात्रामा अवैद्य मदिरा नष्ट गरिएको छ ।
शहिदनगर नगरपालिका मेयर उदय कुमार बरबरिया (यादव) ले नगरमा मदिरा, डिजे, ओरकेष्ट्रा प्रतिवन्ध गर्ने घोषणा गरे लगत्तै नगरको विभिन्न ठाउँबाट बरामद गरेको अवैद्य मदिरालाई आज नष्ट गरिएको छ ।
घरेलु हिंसाको कारक तत्वको रुपमा रहेको मदिरा नगरमै पूर्ण प्रतिवन्ध गर्ने अभियान सुरु गर्ने भनिएलगत्तै ईलाका प्रहरी कार्यालय यदुकूहाले नगरेको विभिन्न ठाउँबाट खानतलासीको क्रममा बरामद गरेको ३०० लिटर अवैद्य मदिरा नष्ट गरिएको हो ।
नगर विकास र काम कारवाहीले निरन्तर चर्चामा रहेका मुलुककै कान्छो मेयर उदय कुमार बरबरियाले नगरलाई मदिरामुक्त नगर बनाउन कडा कदम चालेका हुन् ।
नगरपालिकामा बसेको सर्वपक्षिय बैठकबाट नगरभित्र अवैद्यानिक रुपले संचालित रक्सी पसल बन्द गर्नुका साथै विक्रि वितरणमा समेत पूर्णत रोक लगाउन सरोकारबालाहरुसँग सहमति गरेका छन् ।
रक्सीका कराण विभिन्न समयमा घटनाहरु दोहरिएको भन्दै मेयर बरबरियाले कदम चालेको हो । निर्णयको तेस्रो दिनमै सहिदनगर नगरपालिकाको विभिन्न वडाहरु बाट बरामद भएको ३०० लिटर घरेलु मदिरा नष्ट गरेको छ ।
उक्त मदिरा वडा।न(३ का वडा अध्यक्ष नागेन्द्र प्रसाद मण्डल,ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी निरीक्षक भिम बहादुर खड्का,हलखोरी कापर लगायत विभिन्न व्यक्तिहरुको उपस्थितिमा मदिरा नष्ट गरेको हो ।
घर घरमा मदिराको उत्पादन ,लागू पदार्थ जस्ता गतिविधिलाई पुर्ण रुपमा रोक लगाउनुको साथ साथै यस अभियानलाई निरन्तर रुपमा तिब्रताका साथ लाग्ने प्रहरी उपरीक्षक खड्काले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…