यी सबै विकासका ‘ट्रेलर’ मात्रः सांसद यादव
निर्माण हुन लागेको भवन समुदायका विभिन्न गतिविधि सञ्चालनका लागि उपयोगी हुने ।

२०७५ मंसिर ९ आइतबार, दिउँसो १:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका–९ स्थित ढोढना चौधरी टोलमा निर्माण हुन लागेको सामुदायिक भवनको शिलान्यास गरिएको छ । सिरहा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सांसद राजकिशोर यादवले आईतवार उक्त भवनको शिलान्यास गरेका हुन् ।
संसदीय कोषबाट १५ लाख र वडाको ५ लाखगरी करिब २० लाखको लागतमा निर्माण हुन लागेको भवन लगत्तै उपभोक्ता समिति गठन गरेर ५ महिना भित्र सामुदायिक भवन निर्माण सम्पन्न गर्ने मिर्चैया–९ का वडाध्यक्ष मोहन प्रसाद पोखरेलले बताए ।
निर्माण हुन लागेको शौचालयसहितको ३ कोठे भवनका लागि स्थानीय भरत चौधरीले १ कट्ठा जग्गा उपलब्ध गराएका छन् ।
सो अवसरमा सांसद यादवले निर्माण हुन लागेको भवन समुदायका विभिन्न गतिविधि सञ्चालनका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यी सबै विकासको ट्रेलर मात्र भएको व्यंग्य हान्दै चुनावका बेला गरेका सबै प्रतिवद्धता विस्तारै पूरा गर्दै जाने बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…