सम्मान मधेश मलेसियाद्धारा रेणु सदालाई व्हीलचेयर
विनय कुमार यादव, धनुषा । वैदेशिक रोजगारीको क्रममा खाडी मूलुकमा काम गर्दै आएका नेपाली युवाहरुको समूह सम्मान मधेशले एक अपाङगलाई व्हीलचेयर प्रदान गरेको छ । विभिन्न देशमा शाखा रहेको तथा विदेशको विभिन्न देशमा सँचालित रहेको मधेशी मूलका नेपाली युवाहरुको सम्मान मधेश नामक सँस्थाले धनुषाकी अपाङग २२ बर्षीय रेण

२०७५ मंसिर ८ शनिबार, बेलुकी ५:४९ बजे१ मिनेट पढाइ

विनय कुमार यादव, धनुषा । वैदेशिक रोजगारीको क्रममा खाडी मूलुकमा काम गर्दै आएका नेपाली युवाहरुको समूह सम्मान मधेशले एक अपाङगलाई व्हीलचेयर प्रदान गरेको छ ।
विभिन्न देशमा शाखा रहेको तथा विदेशको विभिन्न देशमा सँचालित रहेको मधेशी मूलका नेपाली युवाहरुको सम्मान मधेश नामक सँस्थाले धनुषाकी अपाङग २२ बर्षीय रेणु सदा लाई व्हीलचेयर सहित एक जोडी कपडा र ४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. २ रमदैया भवाडीकी अति विपन्न एवम् अपाँग रेणु सदालाई व्हील चेयर सहित कपडा र ४ हजार रकम समेत सहयोग गरिएको जनाइएको छ ।
सँस्थाका पदाधिकारीहरुद्धारा रेणु सदाको घरमै पुगी उनीहरुले सहयोग गरेका हुन् । जन्म देखी नै अपाङग रहेकी रेणु सदालाई अहिले सम्म सरकार वा स्थानीय सरकारले कुनै प्रकारको सहयोग नगरेको गुनासो उनका बुवा उत्तिम सदाले गरे ।
उनले भने, हाम्रो परिवारिक अवस्था अति दयनिय र विपन्न छ । अपाङग र गरीवीले गर्दा अवस्था निकै दयनिय रहेको छ । आर्थिक खर्च जुटाउन नसकेपछि रेणुको लागि एक व्हीलचेयर पनि किन्न सकेको थिएन । आज सम्मान मधेशले गरेको कार्य देखेर मानवता अहिले पनि जीवन्त छ भनेर बुझे ।
रेणुलाई दैनिक क्रियाकलाप तथा अन्य ठाउँमा समेत हिडडुल गर्न सहजता होस भन्ने उदेश्यले ती समाग्रीहरु प्रदान गरिुएको सम्मान मधेशका केन्द्रीय अध्यक्ष त्रिलोकी शाहले बताए ।
सँस्थाका केन्द्रिय सल्लाहकार शम्भु चौधरी र सह कोषाध्यक्ष गणेश शाहले सँयुक्त रुपमा उक्त समाग्री सहित रकम हस्तान्तरण गरेका थिए ।
सम्मान मधेश नेपाली गरिव, विपन्न तथा अनाथ, अपाङग घर परिवारहरुलाई विभिन्न समयमा सहयोग गर्दै आएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…