धनुषाधाम प्रहरीद्धारा ५०० लिटर मदिरा नष्ट
विनय कुमार यादव, धनुषा । धनुषा प्रहरीले सोमबार भारी परिमाणको अवैद्य घरेलु मदिरा नष्ट गरेको छ । धनुषाको ईलाका प्रहरी कार्यलय धनुषाधाम प्रहरीले विभिन्न समयमा चेकजाँच गर्ने क्रममा बरामद गरेको अबैद्य मदिरा सार्वजनिक रुपमा नष्ट गरिएको हो । घरेलु मदिरा सेवनका कारण केही महिना अघि मात्र पूर्वी धनुषाको कमला

२०७५ मंसिर ३ सोमबार, बेलुकी ६:०५ बजे१ मिनेट पढाइ

विनय कुमार यादव, धनुषा । धनुषा प्रहरीले सोमबार भारी परिमाणको अवैद्य घरेलु मदिरा नष्ट गरेको छ ।
धनुषाको ईलाका प्रहरी कार्यलय धनुषाधाम प्रहरीले विभिन्न समयमा चेकजाँच गर्ने क्रममा बरामद गरेको अबैद्य मदिरा सार्वजनिक रुपमा नष्ट गरिएको हो ।
घरेलु मदिरा सेवनका कारण केही महिना अघि मात्र पूर्वी धनुषाको कमला नगरपालिकामा ५ जनाको एकैसाथ मृत्यू भएपछि धनुषा प्रहरी एक्सनमा आएको र यस्ता जहरिला मदिरा नियन्त्रण गर्ने ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी ईन्चार्ज एवम् ईन्सपेक्टर अमिर कुमार दाहालले बताए ।
धनुषाधाम नगरपालिका वडा नं. १ का वडाध्यक्ष बिश्वनाथ यादव, २ का प्रभु नारायण साह , ३ का राज किशोर साह, ४ का रामपरिक्षण यादव, धनुषाधाम प्राथमिक स्वाथ्य केन्द्र इन्चार्ज प्रेमराज सागर , चिकित्सक रामकृष्ण यादव लगायत स्थानीय व्यापारी सुर्यनाथ यादव, धनुष जनता मा बि प्रधानध्यापक राजेन्द्र साह , बुद्धिजीवी समाजसेवी तथा सँचारकर्मीको रोहबरमा उक्त परिमाणको अवैद्य घरेलु मदिरा नष्ट गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…