सिरहामा एक विरामीलाई सम्मान मधेशको सहयोग
आर्थिक अवस्था निकै दयनिय रहेको महतोलाई उपचारका लागि आर्थिक सहयोग

२०७५ मंसिर १ शनिबार, दिउँसो ३:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सम्मान मधेश संस्थाले सिरहामा एकजना विरामीलाई आर्थिक सहयोग गरेको छ । साउदी स्थित रहेको नेपालीहरुको साझा संगठन सम्मान मधेशद्धारा सिरहाको लहान नपा–२४ मलहन्माका हिरालाल महतोलाई आर्थिक सहयोग गरिएको हो ।
लहान नपा–२४ मलहन्मा निवासी हिरालाल महतोलाई सम्मान मधेशका पदाधिकारीहरुले उनको घरमै पुगी २५ हजार रुपैया हस्तान्तरण गरेका हुन् । आर्थिक अवस्था निकै दयनिय रहेको महतोलाई उपचारका लागि आर्थिक सहयोग गरिएको हो ।
महतो टिवी र दमाका विरामी छन् । उनका २ छोरा र १ छोरी छिन् । आर्थिक सहयोग सम्मान मधेशका शम्भु चौधरी र दिपेन्द्र साहले हस्तान्तरण गरेका थिए ।
सम्मान मधेश नेपाली गरिव, विपन्न तथा अनाथ घरपरिवारहरुलाई विभिन्न समयमा सहयोग गर्दै आएका छन् । यसको केन्द्रिय कार्यालय जनकपुरधाममा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…