धनुषाका ५ सय दलित तथा जेहेनदार विद्यार्थीलाई झोला
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको २२ वटा माध्यमिक तहका विद्यालय सयौँ दलित तथा जेहेन्दार छात्राहरुलाई अध्ययनमा प्रोत्साहका निमित्त स्कुले झोला प्रदान गरिएको छ । अध्ययनबाट टाढा रहि गाई गोठाला चराउने छात्रछात्राहरुलाई अध्ययनप्रति रुचि बढाउने एउटा सानो प्रयास अन्तर्गत स्कुले झोला वितरण गरिएको आयोजक संस्

२०७५ कार्तिक ३० शुक्रबार, बेलुकी ७:४७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको २२ वटा माध्यमिक तहका विद्यालय सयौँ दलित तथा जेहेन्दार छात्राहरुलाई अध्ययनमा प्रोत्साहका निमित्त स्कुले झोला प्रदान गरिएको छ ।
अध्ययनबाट टाढा रहि गाई गोठाला चराउने छात्रछात्राहरुलाई अध्ययनप्रति रुचि बढाउने एउटा सानो प्रयास अन्तर्गत स्कुले झोला वितरण गरिएको आयोजक संस्था रामरतन स्मृति प्रतिष्ठाका अध्यक्ष अरविन्द महतोले जनाए ।
धनुषाको सबैला नगरपालिका वडा नं. ९ स्थित भठिहनमा रामरतन स्मृति प्रतिष्ठानले आयोजना गरेको एक समारोहका बीच विद्यालयबाट २२ वटा विद्यालयका ५ सय दलित तथा जेहेन्द्र विद्यार्थीलाई सम्मान सहित स्कुले झोला वितरण गरिएको हो । समारोहमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप कणेलले झोला वितरण गर्दै समाज परिवर्तनका निमित्त तन, मन र धन आवश्यक भएकोले धन मात्र भएर परिवर्तन नहुने तर मन भए समाजलाई प्रगतिको पथमा अगाडी बढाउन मदत पुग्ने विश्वास व्यक्त गरे ।
छात्राहरुले स्कुले झोला लिइरहदाँ मुहारमा खुसी छाएको अनुभुति भएको देखिन्छ ।
यसैगरी महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले रामरतन स्मृति प्रष्ठिानको प्रशंसा गर्दै आगामी दिनमा समेत समाज कल्याण तथा समाज सुधारका कार्यहरु गर्न लाग्नुपर्नेमा जोड दिए । उनले शिक्षामा प्रोत्साहन दिई देशको विभिन्न महत्वपूर्ण ठाउँमा अवसर पाउनलाई पनि शिक्षा नै आवश्यक भएकोले शिक्षामा सबैको समान रुपमा सबैको पहुँच र सहभागिता हुनुपर्नेमा जोड दिए ।
झोला वितरण समारोहमा प्रतिस्ठानका केन्द्रिय अध्यक्ष अरविन्द महतोले शिक्षा क्षेत्रमा कुनै किसिमको राजनीतिक भावनाको प्रश्रयमा निषेध गर्नु जरुरी रहेको बताउदै देशका कर्णधार एवं उज्वल भविष्यको उत्पादन हुने भएकोले राज्यले गम्भिर रुपमा शिक्षालाई प्राविधिक एवं रोजगारमुलक बनाउन तर्फ जोड् दिनुपर्ने बताए ।
रामरतन स्मृति प्रतिठानका अध्यक्ष महतोले भने, ‘अब समाजमा नेतृत्व परिवर्तनको खाँचो छ । जसले समाजलाई बाटो देखाओस् र आफु पनि त्यही बाटोमा हिडोस् । राजनीतिक नेतृत्व ठेकेदार वा मसिहाको नभई समाजको साझेदार बनोस् भन्ने म चाहन्छु ।’
उनले समाजको चौतर्फि विकासका निमित्त यूवाहरुको भुमिका सुनिश्चितता गराउनुपर्ने आजको आवश्यकता भएको समेत बताए ।
धनुषाको क्षेत्र नं. १ का माध्यमिक विद्यालय बरकुर्वाका १९ जना, रामप्रसाद माध्यमिक विद्यालय सबैलाका ८ जना, माध्यमिक विद्यालय बरमझियाका ८ जना, धनुषा जनता माध्यमिक विद्यालय धनुषाधामका ६० जना, मिथिला तिलक नन्द कुमारी कार्की माविका १४ जना, रामजानकी मावि सिमराढी गढीका १६ जना, सरस्वती मावि सबैलाका ९ जना, झगरु साह–रामपुकार साह मावि परशुराम तलाउका १४ जना, मावि मिथिलेश्वर मौवाहीका २८ जना, राष्ट्रिय मावि वीरेन्द्रबजारका १९ जनाले झोला सामग्री पाएका छन् ।
यसैगरी मावि भरतपुर गणेशमान चारनाथ नगरपालिकाका २१ जना, जनता जायसवाल उमावि गोदारका १९ जना, मावि बघचौराका ९ जना, यादव मावि बेल्हीका ९ जना, मावि ललियाका २० जना, जनता मावि कजरारौमलका १६ जना, धनुषा जनता उमाविका ५६ जना, उमावि प्राविधिक तथा व्यवसायीक विद्यालय मुलावारी भिमानका १६ जना र भानु उमावि किसानपुरका २४ जना विद्यार्थीलाई प्रष्ठिानका शाखा अध्यक्ष रामशंकर महतोले जानकारी दिए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…