लूटपाट गर्न खोज्ने १ जना हतियार सहित फन्दामा
गाउँलेहरूले समातेर प्रहरीमा खबर गरेका थिए ।

२०७५ कार्तिक २२ बिहीबार, बेलुकी ७:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा लूटपाट गर्न खोज्ने एकजना गोलिगठ्ठा सहित पक्राउ परेको छ । सिरहाको मिर्चैया नगरपालिका वडा नं. ३ राघोपुरमा मंगलबार राती लूटपाट गर्न गएका मध्ये एकजना फन्दामा परेको हो ।
पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका वडा नं. ८ मझाउ निवासी राजदेव यादवका १८ वर्षीय छोरा अजय कुमार यादव रहेका छन् । उनलाई कटुवा पेस्तोल १ थान तथा किच (एसएलआर) राईफलमा प्रयोग हुने १ राउन्ड गोलीसहित पक्राउ गरिएको मिर्चैया प्रहरीले जनाएको छ ।
मिर्चैया ३ राघोपुरमा मंगलबार राति करिब पौने १० बजेको समयमा स्थानीय खगेश्वर यादवको घरमा लूटपाट गर्न खोज्ने ३ जना मध्ये १ जनालाई गाउँलेहरुले समातेर प्रहरीमा खबर गरेका थिए ।
पक्राउ परेका अजय यादवलाई ईलाका प्रहरी कार्यालय मिर्चैयमा राखी थप अनुसन्धान भईरहेको छ । भागेर फरार भएका संलग्न अन्य २ जनाको खोजबिन भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र शाहले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…