दलित बालबालिकालाई पोशाक
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा दलित बालबालिकाहरुलाई पोशाक वितररण गरिएको छ । धनुषाको हँसपुर नगरपालिका वडा नं. ९ मोरहा स्थित रहेको मावि मोरहामा नगर प्रमुख राम ज्ञान मण्डल मार्फत दलित बालबालिकाहरुलाई पोशाक वितरण गरिएको हो ।स्थानीय नवज्योति युवा क्लवको आयोजनामा आयोजित एक कार्यक्रमबीच दलित बालबालिकाहर

२०७५ कार्तिक १६ शुक्रबार, बेलुकी ५:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा दलित बालबालिकाहरुलाई पोशाक वितररण गरिएको छ ।
धनुषाको हँसपुर नगरपालिका वडा नं. ९ मोरहा स्थित रहेको मावि मोरहामा नगर प्रमुख राम ज्ञान मण्डल मार्फत दलित बालबालिकाहरुलाई पोशाक वितरण गरिएको हो ।स्थानीय नवज्योति युवा क्लवको आयोजनामा आयोजित एक कार्यक्रमबीच दलित बालबालिकाहरुलाई दिपावली तथा छठलाई मध्यनजर गर्दै विद्यालय पोशाक वितरण गरिएको हो ।
प्रमोद मण्डलको अध्यक्षता एवम् मेयर राम ज्ञान मण्डलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयले दलित बालबालिकाहरुको लागि पोशाकको व्यवस्था गरेको जनाइएको छ ।
पोशाक वितरणपछि दलित बालबालिकाहरुमा विद्यालयसम्मको पहुँचको बाटोलाई बलियता प्रदान गरिएको विश्वास लिइएको हो । नगरमा दलितको जनसँख्या मोटो रहेको भन्दै शिक्षातर्फ उनीहरुलाई पहुँच बनाए नगर समृद्ध हुने मेयर मण्डलले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…