‘योग्य भएपनि पुरुषवादी सोचकै कारण महिला अवसरबाट वञ्चित’
न्यूज ब्यूरो, सिरहा । महिलाहरू नेतृत्वका लागि योग्य भएपनि पुरुषवादी सोचकै कारण अवसरबाट वञ्चित हुनुपरेको एक कार्यक्रममा सहभागी महिलाले दुखेसो पोखेकी छिन् । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ ले बुधबार गोलबजारमा आयोजना गरेको 'अपराध पीडितको मानव अधिकार र नागरिकको दायित्व तथा कर्तव्य' सम्बन्धि एकदिने अ

२०७५ कार्तिक १४ बुधबार, राति ८:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । महिलाहरू नेतृत्वका लागि योग्य भएपनि पुरुषवादी सोचकै कारण अवसरबाट वञ्चित हुनुपरेको एक कार्यक्रममा सहभागी महिलाले दुखेसो पोखेकी छिन् । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ ले बुधबार गोलबजारमा आयोजना गरेको 'अपराध पीडितको मानव अधिकार र नागरिकको दायित्व तथा कर्तव्य' सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रममा एक महिलाले मुलुक र समाजद्धारा महिलालाई हेरिने हस्तक्षेपकारी नजरियाप्रति आक्रोश पोखेकी हुन् ।
उनले समाज र मुलुकले महिलाहरूलाई हेर्ने नजरिया अझ परिवर्तन नभए र नेतृत्वदायी भूमिकामा नपुर्याएसम्म विभेद र महिला हिंसाको अन्त्य नहुने बताइन् । महिलालाई नेतृत्व गर्ने अवसर दिए मुलुकमा व्याप्त भ्रष्टाचार, सरकारी निकायमा ढिलासुस्ती, विभेद र बढ्दो महिला हिंसाको घटना अन्त्य हुने र समाज तथा देशको विकासमा धेरै काम हुन सक्ने बताइन् ।
महिलाहरुले सरकार बढ्दो महिला हिंसाप्रति गम्भीर नभएको भन्दै दु:ख प्रकट गरिन् । महिलाहरुको हक, हित र रक्षार्थका लागि सरकार गम्भीर रुपमा लाग्न समेत उनीहरूले ध्यानाकर्षण गराइन् ।
कार्यक्रममा मानव अधिकारकर्मी, सुरक्षा निकायका प्रतिनिधि, अधिवक्ता, संचारकर्मी लगायत विभिन्न संघसंगठनका सदस्यहरु तथा सिरहा जिल्लाका युवाहरूको साझा सामाजिक संगठन सिरहा युवा संजालका सदस्यहरुको विशेष जोडदार सहभागिता रहेकोे थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…