मिर्चैया प्रहरीले गरे भारी परिमाणमा गाँजाको बोट र मदिरा नष्ट
यस्ता अवैध मदिरा तथा गाँजा खेती अन्य कुनै ठाउँमा पाईएमा तत्काल नष्ट गरिने डिएसपी शाहले थपे ।

२०७५ कार्तिक १२ सोमबार, दिउँसो १:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । ईलाका प्रहरी कार्यालय मिर्चैयाले लगाईएको अवैध प्रतिवन्धित गाँजा खेती तथा अवैध मदिरा नष्ट गरेको छ । कर्जन्हा नगरपालिका वडा नं. ५ मा करिव ३ विघा १० कट्ठा जग्गामा लगाइएको गाँजा खेती र ७५ सय लिटर अवैध मदिरा सोमबार विहान प्रहरीले नष्ट गरेको हो ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र शाहको कमाण्डमा २९ जना तथा सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्पका सप्रनाउको कमाण्डमा ११ जना गरी गएको जम्मा ४० जनाको संयुक्त प्रहरी टोलीले करिब २५ हजार अवैध गाँजाको बोट फडानी गरेका हुन् भने ५ सय लिटर अवैध मदिरा र ७ हजार लिटर कच्चा पदार्थ गरी जम्मा ७५ सय लिटर मदिरा नष्ट गरेका छन् ।
मिर्चैया प्रहरीले सोही नगरपालिकामा गत केहिदिन पहिले पनि गाँजा फडानी गरेका थिए । मिर्चैया प्रहरीले आफ्नो यस अभियानलाई निरन्तर राखेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र शाहले बताए । यस्ता अवैध मदिरा तथा गाँजा खेती अन्य कुनै ठाउँमा पाईएमा तत्काल नष्ट गरिने डिएसपी शाहले थपे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…