कर्मचारीको लापरबाहीले करेन्ट लागेर मजदुरको ज्यान गयो, सिँगो टोल नै शोकमा
अनाहकमा जान गुमाएका बिरेन्द्रकी श्रीमती बबिता दास घरिघरि मुर्छा परिरहेकी छिन् ।

२०७५ कार्तिक ९ शुक्रबार, दिउँसो १२:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको लक्ष्मीपुरपत्तारी गाउँपालिकामा ११ हजार भोल्टको तारमा करेन्ट लागेर एकजना मजदुरको ज्यान गएको छ । गाउँपालिकाले ११ हजार भोल्टको तार टसाएर निर्माण गराइरहेको दुईतल्ले शौचालयमा काम गर्ने राजमिस्त्रीको करेन्ट लागेर ज्यान गएको हो ।
लक्ष्मीपुरपत्तारी गाउँपालिका–३ का राजमिस्त्री ३० वर्षीय बिरेन्द्र दास (तत्मा) को बुधबार दिउँसो करिब ४ बजे काम गर्दागर्दै बिजुलीको तारमा टाँसिएर मृत्यू भएको प्रहरीले जनाएको छ । इँटा जोड्दै गरेका मिस्त्री दासलाई ११ हजार भोल्ट तारको उचाई छोएपछि करेन्टले तानेको थियो ।
स्थानीयले गाउँपालिकाकै कर्मचारीको लापरबाहीका कारण घटना हुन पुगेको आरोप लगाएका छन् । हाई भोल्टेज तारमा दुई तल्ले शौचालय निर्माण गर्नु नै गम्भीर गल्ती भएको स्थानीय बताउँछन् ।
उनको मृत्यूले सिँगो टोलनै शोकमा डुबेको छ । अनाहकमा जान गुमाएका बिरेन्द्रकी श्रीमती बबिता दास “हमर राजाके लाईब दे” (मेरो राजालाई ल्याईदेउ) भनी घरिघरि मुर्छा परिरहेकी छिन् । आफन्तजनले पानी छर्केर उनलाई होसमा ल्याउने गरेका छन् । यो क्रम बुधबार रात्तीदेखि चलिरहेको छ ।
६ वर्ष अघि रबिन्द्रसँग बैवाहिक बन्धनमा बाँधिएकी बबिताका दुई नाबालक छोरा छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लक्ष्मीपुरपत्तारीका ईन्सपेक्टर रबिभूषण यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…