४ दिनदेखि बेपत्ता किशोरी झुण्डिएको अवस्थामा फेला, हत्या भएको परिवारको आरोप
न्यूज ब्यूरो, सुनसरी । गत असोज २५ गतेदेखि हराएकी सुनसरीको गढि गाउँपालिकी एक किशोरी दुहबी नगरपालिका २ स्थित बगदैको धान खेतको बिचमा रहेको बबुरको रुखमा झुण्डिएको अवस्थामा मृत्य फेला परेकी छन् । गढि गाउँपालिका ४ छिट्टहा घर भएकी १६ वर्षीय अंजली चौधरी आइतबार बबुरको रुखमा झुण्डिएको अबस्थामा मृत फेला परेकी

२०७५ असोज २९ सोमबार, दिउँसो १२:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । गत असोज २५ गतेदेखि हराएकी सुनसरीको गढि गाउँपालिकी एक किशोरी दुहबी नगरपालिका २ स्थित बगदैको धान खेतको बिचमा रहेको बबुरको रुखमा झुण्डिएको अवस्थामा मृत्य फेला परेकी छन् । गढि गाउँपालिका ४ छिट्टहा घर भएकी १६ वर्षीय अंजली चौधरी आइतबार बबुरको रुखमा झुण्डिएको अबस्थामा मृत फेला परेकी हुन् ।
असोज २५ गतेदेखि घरबाट बेपता रहेकी किशोरीलाई खोजतलास गरिपाउँ भनेर हुलिया निबेदन परिवारले प्रहरीमा उजुरी दिएको थियोे । परिवारले दुहबी ११ तनमुना घर भएका जीवन चौधरीले किशोरी बेपता पारेको भन्दै उजुरी दिएको थियोे । सो घटना आत्महत्या नभई हत्या नै भएको परिवारजनको दाबी छ ।
मृतककी बुवा भोला चौधरीले घटनाबारे सत्यतथ्य अनुसन्धान गर्न माग गरेका छन् । ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरिक्षक रामनारायण माझिले आरोपित जिवन चौधरीलाई पक्राउ गरी अनुसन्धान अघि सारिएको बताए ।
किशोरीको शव मुचुल्का गरेर पोस्टमार्टमका लागि धरान पठाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…