मधेसीको पहिचान र सँस्कृतिको अस्तित्व बचाउनुपर्छ : अरगरिया
न्यूज ब्यूरो, जनकपुरधाम । संघीय साँसद उमा शंकर अरगरियाले मधेस र मधेसीको पहिचानको अस्तित्व बचाउनुपर्ने बताएका छन् । धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य समेत रहेका नेता अरगरियाले धनुषाको विदेह नगरपालिकाको तिनकोरियामा आयोजना गरेको चियापान कार्यक्रममा अस्तित्व समाप्त भए पहिचान पूर्णत समा

२०७५ असोज २८ आइतबार, बेलुकी ६:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संघीय साँसद उमा शंकर अरगरियाले मधेस र मधेसीको पहिचानको अस्तित्व बचाउनुपर्ने बताएका छन् ।
धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य समेत रहेका नेता अरगरियाले धनुषाको विदेह नगरपालिकाको तिनकोरियामा आयोजना गरेको चियापान कार्यक्रममा अस्तित्व समाप्त भए पहिचान पूर्णत समाप्त हुने भन्दै आफ्नो सँस्कृति र पहिचान कायम राख्न बचनवद्ध हुनुपर्ने बताए ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवं संघीय दलको प्रमुख सचेतक समेत रहेका अरगरियाले पहिचान समाप्त भए अस्तित्व पनि समाप्त हुने भएकोले पहिचान र संस्कृति कायम राख्नुपर्ने बताएका छन् ।
संघीय समाजवादी फोरम नेपाल र राजपाको संयुक्त आयोजनामा दशैको अवसरमा आईतबार तिनकौरिया बजारमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा जहाँ बसेपनि आफ्नो सँस्कृति र पहिचान कायम राख्नुपर्ने बताए ।
उनले नेपाल जातीय , भाषिक , सांस्कृति , भौगोलिक विविधतायुक्त मुलुक भएकोले विविधता बीचको एकता नै नेपालको महत्त्वपुर्ण पक्ष रहेको बताए । त्यस्तै, भेटघाटको क्रममा बिदेह नगरपालिका को चिकना टोलमा पनि भेटघाट गरेर शुभकामना आदानप्रदान गरिएको थियो ।
शुभकामना आदानप्रदान कार्यक्रममा इन्द्र नारायण मण्डल , शम्भु नाथ गोइत , बिमल देब बिराजी , प्रमोद कुमार मण्डल ,विनोद रोहिता , बेचन मण्डल , प्रमोद अधिकारी , बरुण मिश्रा ,जय नारायण साह , जागेशवर ठाकुर , बब्लु कुसैत लगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…