ANTA को छात्रवृति मधेश आन्दोलनका जिउँदो शहिदको छोरालाई
न्यूज ब्यूरो, जनकपुरधाम । अस्ट्रेलियामा बसोबास गरि रहेका तराईएनहरुको संस्था एसोसियशन आफ नेपाल तराई इन अस्ट्रेलिया (ANTA) ले २०१८ को लागि आव्हान गरेको छात्रवृति मधेश आन्दोलनका जिउँदो शहिदको छोरालाई दिने भएको छ । दर्खास्त मध्य प्तरी जिल्लाको भारदह वडा न १ का देव नारायण बिस्वास र बागेश्वरी देवी विश्वाश

२०७५ असोज २६ शुक्रबार, बेलुकी ६:३६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अस्ट्रेलियामा बसोबास गरि रहेका तराईएनहरुको संस्था एसोसियशन आफ नेपाल तराई इन अस्ट्रेलिया (ANTA) ले २०१८ को लागि आव्हान गरेको छात्रवृति मधेश आन्दोलनका जिउँदो शहिदको छोरालाई दिने भएको छ ।
दर्खास्त मध्य प्तरी जिल्लाको भारदह वडा न १ का देव नारायण बिस्वास र बागेश्वरी देवी विश्वाशका छोरा शिव नारायण विश्वास छनौट भएको कुरा सो संस्थाका अध्यक्ष अरुण कुमार ठाकुरले जानकारी गराए । देव नारायण बिश्वास मधेश आन्दोलनका क्रममा प्रहरीको गोलि लागि घाइते भएका थिए। छोरा शिव नारायण विश्वास यहि २०७५ सालमा १२ क्लास उतिर्ण गरेको छ । एन्टाले स्नातक स्तरको पढाईको लागि इन्जिनियरिंग लगाएतका विषय अध्ययन गर्नको लागि छात्रवृति प्रदान गर्ने घोषणा गरेका थिए ।
बिश्वाश दम्पतीले छोराको पढाईको लागि गरेको मेहनत र लगनशिलताको लागि एन्टाको अध्यक्ष ठाकुरले दम्पतिलाई धन्यवाद दिदै शिव कुमार बिश्वश्लाई बधाई ज्ञापन र उत्तरोत्तर प्रगतिको कामना गरेको छ। जो कोई लाई पनि ठुलो सपना देख्ने अधिकार छ तर सपना देखेर मात्र त्यो पुरा हुँदैन, त्यसलाई साकार पार्न कर्म पनि गर्नु पर्छ । सप्तरी कन्चनपुरको बाल बोध सेकेण्डरी विधालयबाट कक्षा ११ र १२ मा B+ ग्रेड ल्याई उतिर्ण गरेका शिवलाई सिए (CA) बन्ने रहर लाग्यो र उसले सामाजिक अभियन्ता सरोज रायलाई आफ्नो मनको कुरा भनेका थिए ।
विश्वास परिवारलाई निरन्तर सहयोग गर्दै आइराखेको समाजसेवी राय विगतमा पनि शिव नारायणको ११-१२ कक्षा पठन-पाठनको पन्द्रह हजार आर्थिक सहयोग गरेको थिए भन्ने उनका सिए पढ्न सपना साकार पार्न पनि विगत केहि महिना देखि लागि परेको थिए । शिवले ११ र १२ कक्षामा ल्याएका रिजल्ट र उनका आत्मविश्वास देखेर आफु एसोसियशन अफ नेपाल तराई इन अस्ट्रेलिया (ANTA) को अध्यक्ष अरुण ठाकुर ज्यु संग पहल गर्दै आइरहेको जानकारी रायले दिए ।
शिवलाई काठमाडौँ ल्याई सिए अध्यनको लागि पुतलीसडक स्थित AOC (Academy of Commerce) मा विशेष छुटका साथ नेपाल बोर्ड (ICAN) बाट CAP-I मा भर्ना गराएका छन् साथै यसैबाट BBS पनि गराउने समाजसेवी रायले जानकारी दिए । CA र BBS गर्न सम्पूर्ण इन्स्टिच्युट खर्च चार लाख छब्बीस हजार एक सय पच्चास (रु ४२६१५०/-) लाग्ने छ र यसका लागि छात्रवृति प्रदान गर्ने संस्था एन्टा तयार रहेको छ । यस वाहेक शिवलाई काठमाडौँ बस्न र खानपिन लगायत अन्य खर्चमा कम्तिमा पनि मासिक ७-८ हजार खर्च हुने र यसका लागि पनि सहयोग जुटाउनु पर्ने आवश्यकता रहेको रायले बताए ।
तत्काल काठमाडौँमा शिव TMNC को सदस्य पृथ्वीनारायण साह काँहा बस्दै आएको छ । संस्था (ANTA) ले विगतमा पनि बाढी पिडित, आगलागी पिडित वा चिसो आई परेको बेला हरेक चोटी सहयोग गर्नमा अग्रिम भूमिका खेलेका छन् र यसपाली पनि छात्रवृति प्रदान गरेर मधेश आन्दोलनको जिउँदो शहिद देवनारायण विश्वासको छोरा शिव नारायण विश्वासको सिए बन्ने सपना अवश्य पुरा हुन्छ विश्वासका साथ समाजसेवी राय र विश्वास परिवारले एन्टा र विशेष गरि संस्थाका अध्यक्ष अरुण कुमार ठाकुरलाई आभार तथा धन्यवाद ज्ञापन गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…