महोत्तरीमा धुर्मुश सुन्तलीले बाँडे विद्यार्थीलाई पोशाक
दुई सय ७० जनालाई पोशाक वितरण गरेका हुन् ।

२०७५ असोज १५ सोमबार, बिहान १०:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका ७ मनहर्वास्थित नेपाल राष्ट्रिय जनजाती अधारभुत बिद्यालय मनहर्बामा हिजो एक सामारोहबीच हास्य कालाकार धुर्मुस सुन्तलीले २ सय ७० जना विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।
कलाकारद्धय कट्टेल र घिमिरेले मनहर्वाबस्तीका बालबालिका पढ्ने नेपाल राष्ट्रिय जनजाति आधारभुत विद्यालयमा पुगेर त्यहाँ अध्ययनरत दुई सय ७० जनालाई पोशाक वितरण गरेका हुन् ।
गत बैशाख १३ गते शिक्षाबाट बञ्चित १२५ बालबालिकालाई उनीहरुले नै स्कुल भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका थिए । विद्यालय भर्ना गर्ने क्रममा उनीहरुले विद्यार्थीलाई शैक्षिक सामाग्री तथा झोला बाँडेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…