नेकुविकस सिरहा क्षेत्र ४ को प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा बिटु सिंह
नव गठित कार्यसमितिका पदाधिकारीहरुलाई अविर र खादाले सम्मान समेत गरिएको थियो ।

२०७५ असोज १४ आइतबार, दिउँसो १:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाल कुशवाहा विद्यार्थी कल्याण समाज सिरहा क्षेत्र नं. ४ को प्रथम क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । समाजको मिर्चैया उद्योग वाणिज्य संघको सभाहलमा शनिवार पहिलो अधिवेशन सम्पन्न भएको हो ।
पहिलो अधिवेशनबाट सिरहा क्षेत्र नं. ४ को अध्यक्षमा बिटु सिंह सर्वसम्मत चयन भएका छन् । त्यसैगरी, १९ सदस्यीय गठित कार्य समितिको उपाध्यक्षमा किरण महतो चयन भएकी छिन् भने दोश्रो उपाध्यक्षमा सुरेश कुमार महतो, सचिवमा कृष्ण चरण महतो, कोषाध्यक्षमा राम सहित महतो, सह–सचिवमा सुरेश सिंह, सदस्यहरुमा किस्मत सिंह, महेश महतो, सरस्वती महतो, श्याम कुमार महतो, मुकेश कुमार महतो, क्षेत्रलाल महतो, रंजिव महतो, मनोज महतो, अशोक महतो, राजवंशी महतो, आरती कुमारी महतो, सुमन महतो र मनिता कुमारी महतो चयन भएकी छिन् ।
नेपाल विद्यार्थी कुशवाहा संघका जिल्ला अध्यक्ष मुकेश महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल कुशवाहा कल्याण समाजका केन्द्र्रिय सदस्य संजिव महतोे रहनुभएको थियो । त्यस्तै, विशिष्ट अतिथिको रुपमा नेपाल कुशवाहा कल्याण समाजका जिल्ला अध्यक्ष कामेश्वर महतो रहनुभएको थियो भने समाजसँग आवद्ध सदस्यहरुको विशेष आतिथ्य रहेको थियो ।
नव गठित कार्यसमितिका पदाधिकारीहरुलाई अविर र खादाले सम्मान समेत गरिएको थियो । कार्यक्रममा विभिन्न ठाउँका कुशवंशीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…