मिर्चैया प्रहरीद्धारा अवैध गाँजा खेती फडानी
पछिल्लो समय गाँजा खेती गरेर बेच्ने क्रम बढेपछि प्रहरीले सक्रियता देखाएको छ ।

२०७५ असोज १३ शनिबार, दिउँसो २:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । ईलाका प्रहरी कार्यालय मिर्चैयाले लगाईएको अवैध प्रतिवन्धित गाँजा खेती नष्ट गरेको छ । कर्जन्हा नगरपालिका वडा नं. १० मा करिव २ कट्ठा जग्गामा लगाइएको गाँजा खेती सनिबार विहान प्रहरीले नष्ट गरेको हो ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र शाह तथा सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैयाका प्रहरी नायव उपरीक्षक गेहेन्द्र भण्डारीको संयुक्त कमाण्डमा गएको प्रहरीको टोलीले करिब १५ सय अवैध गाँजाको बोट फडानी गरेका छन् ।
पछिल्लो समय यस क्षेत्रमा गाँजा खेती गरेर बेच्ने क्रम बढेपछि प्रहरीले सक्रियता देखाएको ईप्रका मिर्चैयाका डिएसपी शाहले बताउनुभयो । यस्ता अवैध गाँजा खेती अन्य कुनै ठाउँमा पाईएमा तत्काल नष्ट गरिने प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…