सिचाई बाधका कारण प्रमुख सडक डुबानमा, आबत जाबत गर्न कठिन
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका ६ मगरथानास्थित रुपनी खोलामा सुन्दरपुर जाने मुल बाटो सिचाई बाधका कारण डुबानमा परेको छ । गाउँभन्दा दक्षिण रुपनी खोलामै सिचाइको लागि बाध बाधिएको कारण सडकमा पानी जमेको छ । पानी जमेकै कारणले मुल सडकमा समेत आबत जाबत गर्न धेरै कठिनाइ भएको छ । सुन्दर पुर,

२०७५ असोज १२ शुक्रबार, दिउँसो १:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका ६ मगरथानास्थित रुपनी खोलामा सुन्दरपुर जाने मुल बाटो सिचाई बाधका कारण डुबानमा परेको छ । गाउँभन्दा दक्षिण रुपनी खोलामै सिचाइको लागि बाध बाधिएको कारण सडकमा पानी जमेको छ । पानी जमेकै कारणले मुल सडकमा समेत आबत जाबत गर्न धेरै कठिनाइ भएको छ ।
सुन्दर पुर, गौशाला जाने मुल सडकमा प्रत्येक दिन हजारौको सख्यामा मानिसहरु आबत जाबत गर्ने गरेको छ । नदिमा करिब २०(२५ फिट पानी जमेको छन । आबत जाबत गर्नको लागि काठको सानो पुलको साहारा मा मानिसहरु आफ्नो किमती ज्यान जोखिममा राखेर यात्रा गर्ने गरिरहेको छ । काठको पुल माथी पनि १ फिट पानी जमेको छ ।
मगर थानाबाट सुन्दरपुर ३ कि। मि। मात्र रहेको बाटो पानी जमेको कारन जयपुर, फुलकाहा हुदै ७ कि।मि। लामो बाटो प्रयोग गर्न बाध्य भएको छ । सानो लापरबाहीका कारण धेरै ठूलो दुर्घटना हुन सक्ने स्थानिय गगन यादवको भनाइ रहेको छ ।
“आगामी ५ बर्ष भित्रमा कुनै पनि गाउमा बिकास गर्न ठाउँ मिल्ने छैन । रुपनी खोला को पुल छिटो भन्दा छिटो आबत जाबत गर्ने योग्य बनाउनेछु” सोनमा गाउपालिकाका प्रमुख राज कुमार यादब बताउनुहुन्छ ।
बिकासको सम्पुर्ण अधिकार स्थानिय सरकारको भए पनि वहाँहरुले कुनै चासो देखाएको छैन । चुनावको बेला ठूलो ठूलो भासन गर्ने आज बिकास नगर्ने बाचा गरेझै बिकास बाट टाढा भागी रहेको स्थानियको आरोप रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…