मधेश केन्द्रित दलको पुनरागमन : मेलमिलाप र एकताको सन्देश
-रमेश लम्साल र सिबी अधिकारी काठमाडौँ, २५ मंसिर : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तराई मधेश केन्द्रित दलले पुनरागमन गरेका छन् । विसं २०७० मा गुमाएको शाख पुनः फर्काएका उनीहरुले त्यसलाई जनताको न्यायका अथ्र्याएका छन् । छ राजनीतिक दलको एकतापछि बनेको राष्ट्रिय जनता पार्टी नेपालर संघीय समाजवादी फोरम

२०७४ मंसिर २५ सोमबार, राति ८:२९ बजे५ मिनेट पढाइ
-रमेश लम्साल र सिबी अधिकारी
काठमाडौँ, २५ मंसिर : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तराई मधेश केन्द्रित दलले पुनरागमन गरेका छन् ।
विसं २०७० मा गुमाएको शाख पुनः फर्काएका उनीहरुले त्यसलाई जनताको न्यायका अथ्र्याएका छन् ।
छ राजनीतिक दलको एकतापछि बनेको राष्ट्रिय जनता पार्टी नेपालर संघीय समाजवादी फोरम नेपालले निर्वाचनका लागि नै भनेर गठबन्धनसमेत बनाए । केही निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले समेत सघायो । काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास असफल भए पनि मधेस केन्द्रित दलले गरेको पुनरागमन भने आशातीत रुपमा सफल देखिएको छ ।
प्रदेश नं २ का हकमा वाम गठन्धनलाई समेत मधेशी गठबन्धनले पछाडि पारेको छ । काँग्रेस र वाम गठबन्धनलाई समेत पछाडि पारेर राजपा र समाजवादी फोरमले निकालेको जीतलाई उनीहरु आफूहरुलाई जनताले गरेको न्यायका रुपमा विश्लेषण गर्छन् ।
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो अनिलकुमार झा, महेन्द्रराय यादव, राजकिशोर यादव र शरत्सिंह भण्डारीले विजयको झण्डा फहराउनुभएको छ । काँग्रेसले ठाकुरलाई मतदान गर्न पत्र नै पठाएर स्थानीय नेतृत्वलाई निर्देशन दिएको थियो । समाजवादी फोरमका अध्यक्ष यादवलाई समेत काँग्रेसले मत दिन निर्देशन दिएको थियो ।
हालसम्म घोषित परिणामअनुसार राजपाले १० स्थानमा जीत निकालेको छ भने अझै दुई स्थानमा प्रतिस्पर्धी उम्मेदवारभन्दा अग्रता कायम राखिरहेको छ । यस्तै समाजवादी फोरम हालसम्म नौ स्थानमा विजयी भएको छ भने दुई स्थानमा अग्रता कायम गरेको छ ।
प्रदेश नं. २ को प्रदेशसभा निर्वाचनमा फोरम १८ स्थानमा विजयी भएको छ भने एक स्थानमा अझै अगाडि छ । राजपाले ११ स्थानमा जीत निकालेको छ भने चार स्थानमा अझै अग्रता कायम गरिरहेको छ । पाँच नं प्रदेशमा समेत फोरमले तीन प्रदेशसभा सदस्य जिताएको छ । राजपाबाट निर्वाचन लडेका रेशमलाल चौधरी विजयको नजिक पुुग्नुभएको छ ।
प्रदेश नं २ मा वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले)ले ११ स्थानमा मात्रै प्रदेशसभामा जीत निकालेको छ भने एक क्षेत्रमा मात्रै अग्रता लिइरहेको छ । नेकपा (माओवादी केन्द्र)ले सात स्थानमा मात्रै जीत निकाल्न सकेको छ । काँग्रेसले प्रदेश नं २ मा आठ प्रदेशसभा सदस्यलाई जिताउन सकेको छ ।
फोरमका प्रदीप यादव पर्सा १, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया धनुषा २, उपेन्द्र यादव सप्तरी २, रामसहायप्रसाद यादव बारा २, रामबाबुकुमार यादव पर्सा ३, हरिनारायणप्रसाद रौनियार पर्सा ३, डा सूर्यनारायण यादव सप्तरी २, मोहम्मद इस्तियाक राई बाँके २ बाट विजयी भइसक्नुभएको छ ।




















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…