मेयर मेहत्ताद्वारा फलामे पूलको उदघाटन, स्थानीयहरु हर्षित
पुलले आसपासका नदि वारि र पारीका दर्जनौं गाउँका जनताहरु लाभान्वित हुने |

२०७५ असोज २ मंगलबार, बिहान ११:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको इशनाथ नगरपालिका वडा नं।३ मा पर्ने भकुवा खोलाको नवनिर्मित पुलको उदघाटन भएपछि स्थानीय जनताहरु हर्षित बनेका छन् ।पिप्राटोल र बैरिया बिचको दुरीलाई घटाउने र आवतजावतलाई सजिलो हुने हिसाबले निर्मित सो पुलको उदघाटन सोमबार नगर प्रमुख संतोष मेहताले गरेपछि स्थानीयहरुको दुखको दिन गएको छ ।
बैरियाबाट औरैया, पिप्राटोल, महुलिया हुदैं भारतयि बजार जान स्थानीयहरुलाई घुमाउरो बाटो भएर जानुपर्ने झनझट नै टलेपछि स्थानीयहरुको खुसीले गदगद छन् ।पुलले आसपासका नदि वारि र पारीका दर्जनौं गाउँका जनताहरु लाभान्वित हुने देखिएको छ । पूल नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदान बाट निर्माण भएको हो ।
आफू जनताको सेवक भएर काम गर्ने भनेर जितेको त्यही भनाईलाई आत्मासाथ गर्दै जनताको दुख सहन नसकेर यो पुलको निर्माण गर्न लगाएको मेयर मेहताले बताए ।
२ लाखको लागतमा सो पुल उद्घाटनको क्रममा उपमेयर हुसने आरा , वार्ड अध्यक्ष कैलाश राउत सहित सयकडौं भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…