नेपाल कुशवाहा विद्यार्थी कल्याण समाज सिरहा क्षेत्र २ को प्रथम अधिवेशन सम्पन्न
कार्यक्रममा विभिन्न ठाउँका कुशवंशीहरुको उल्लेखनीय सहभागिता रहेको सहकर्मी बिटु सिंहले जानकारी दिए ।

२०७५ भदौ ३१ आइतबार, दिउँसो ३:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाल कुशवाहा विद्यार्थी कल्याण समाज सिरहा क्षेत्र नं. २ को प्रथम क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । समाजको सुखिपुर नगरपालिका–७ बल्हीस्थित राजै जनक मावि बल्हीमा शनिवार पहिलो अधिवेशन सम्पन्न भएको हो ।
पहिलो अधिवेशनबाट क्षेत्र २ को अध्यक्ष पदमा सुरेन्द्र महतो चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा दिनेशी महतो चयन भएका छन् ।
११ सदस्यीय कार्य समितिको सचिवमा अनिल कुशवाहा, सहसचिव ममता महतो, कोषाध्यक्ष पप्पु कुमार सिंह तथा सदस्यहरुमा मनिका महतो, सत्यनारायण महतो, रिंकु कुमारी महतो, सरोज कुमार महतो, प्रदीप कुमार महतो र विनोद महतो चयन भएका छन् । नव गठित कार्यसमितिका पदाधिकारीहरुलाई अविर र खादाले सम्मान गरिएको समेत थियो ।
नेपाल विद्यार्थी कुशवाहा संघका जिल्ला अध्यक्ष मुकेश महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल कुशवाहा समाज कल्याण समाजका जिल्ला अध्यक्ष तपेश्वर महतोे रहनुभएको थियो । त्यस्तै, विशिष्ट अतिथिको रुपमा नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय महासचिव मनोज सिंह रहनुभएको थियो भने समाजसँग आवद्ध सदस्यहरुको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा विभिन्न ठाउँका कुशवंशीहरुको उल्लेखनीय सहभागिता रहेको सहकर्मी बिटु सिंहले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…