सिरहामा शालनाल सहितको नवजात शिशु खोलामा मृत फेला
अवैद्य सम्बन्धबाट गर्भ रहेको कारण शालनाल सहितको नवजात शिशु फालिएको स्थानीयहरुले आशंका गरेका छन् ।

२०७५ भदौ ३१ आइतबार, बिहान ९:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा शालनाल सहित एक नवजात शिशु फेला परेको छ । सिरहाको लहान नगरपालिका वडा नंं ५ स्थित रहेको खुट्टी खोलामा शालनाल सहितको नवजात शिशु मृत अवस्थामा भेटिएको हो ।
शनिवार दिउँसो करिब ३ बजेको समयमा पहेलो प्लास्टिकको झोलामा रातो कपडामा बेरिएको अवस्थामा करिब ५ महिनाको नवजात शिशु मृत अवस्थामा फेला परेका छ ।
वेवारिसे अवस्थामा फालिएको उक्त झोलालाई कुकुरले केरकार गरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । केही बेर पश्चात प्रहरी पुगी उक्त ठाउँलाई घेरा बन्दी गरी मुचुल्का उठाई शिशुको सवलाई पोष्टमार्टमका लागि लहान स्थित रामकुमार उमा प्रसाद मुरारका स्मारक अस्पताल पठाइएको छ ।
अवैद्य सम्बन्धबाट गर्भ रहेको कारण शालनाल सहितको नवजात शिशु फालिएको स्थानीयहरुले आशंका गरेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको लहान प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…